आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा « Khabarhub

आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

कैलाली- आधुनिकीकरण हुन नसक्दा कैलालीका आरन व्यवसाय सङ्कटमा पर्न थालेका छन् । परम्परागत सीपमा आधारित आरन व्यवसाय समयअनुसार परिवर्तन, आधुनिकीकरण र पुस्तान्तरण नहुँदा सङ्कटमा पर्न थालेको आरन व्यवसायीहरू बताउँछन् ।

कैलालीको गोदावरी नगरपालिका–८, स्याउले बजारका खड्ग तिरुवाले आरनमा काम गर्ने औजार आधुनिक किसिमका नभएकाले समस्या हुन थालेको बताए । “बजारमा आधुनिक औजारबाट बनेका सामान सस्तोमा पाउन थाले । हामीले आरनमा बनाएका सामानमा मेहनत बढी लाग्ने र महँगो पनि पर्ने भएकाले बिक्री गर्न पनि समस्या भएको छ”, उनले भने, “कोइला किन्नुपर्छ । नयाँ सामान बनाउनका लागि दुई जना आरनमा चाहिन्छ । घनले फलाम पिटेर सामान बनाउनुपर्छ ।”

एउटा हँसियालाई रु पाँच सयदेखि पन्ध्र सयसम्ममा बिक्री गर्ने गरेको तिरुवाको भनाइ थियो । “म हँसिया, कुटो, कोदालो, बञ्चरो, ताउलगायत कृषि र घरायसी प्रयोजनका सबै सामान बनाउँछु । पाँच जनाको परिवार यसैबाट पालेको छु ।” उनले भने, “आरनकै सीप सिकेकाले अन्य काम गर्न पनि मन लाग्दैन । तर यसमा मेहनत धेरै छ । आम्दानी कम छ । त्यसैले त अहिले यो व्यवसाय धेरैले छोडिसके । नयाँ पुस्ताले त झन यो काम सिक्न नै मन पराउँदैनन् ।” सरकारले आधुनिक किसिमका विद्युतीय औजारको व्यवस्था गरिदिए काम गर्न सजिलो हुने उनको भनाइ छ ।

समयानुकूल आरन व्यवसाय परिवर्तन हुन नसक्दा लोप हुने अवस्थामा पुगेको सोही ठाउँका ५० वर्षीय शेरबहादुर तिरुवाले बताए ।उनले भने, “कोइला पाइँदैन । वनबाट दाउरा काटेर ल्याउन नमिल्दा गोल किन्नुपर्छ । औजार पनि आधुनिक किसिमका भएनन् । पुराना औजारबाट बनाइएका सामान महँगा हुनाका साथै ग्राहकले किन्न पनि मन पराउँदैनन् ।”

“आधुनिक जमानामा हामीले काम गर्ने औजार पुरानै भए । औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो । नयाँ पुस्ताले पनि काम गर्थे होला । “कृषि कार्यमा चाहिने सबै सामान बनाउँछु”, शेरबहादुरले भने, “कमाइ त हुन्छ । सम्पूर्ण घरखर्च यसै आरनको कमाइबाटै चलाएको छु । यसैबाट दस जनाको परिवार पालेको छु । दैनिक एक हजारसम्म कमाइ गर्छु ।”

समयअनुसार परिवर्तन हुन नसक्दा परम्परागत सीपमा आधारित आरन व्यवसाय लोप हुने अवस्थामा पुगेको गोदावारी नगरपालिका–८ का वडाध्यक्ष गोविन्द चौधरीले बताए । उनले भने, “परम्परागत सीपमा आधारित यस्ता व्यवसाय हामीले संरक्षण गर्न आवश्यक छ । यसले रोजगारी पनि सिर्जना गर्ने भएकाले आरन व्यवसायलाई आधुनिकीकरण गर्न सकेसम्म पहल गर्छु ।”

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ५३ बजे

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक

संसद्‌मा बहुमत हुँदाहुँदै किन अध्यादेश ? यस्तो छ कानुनमन्त्री गौतमको जवाफ

काठमाडौँ – सरकारले हालै जारी गरेका अध्यादेशलाई लिएर सडकदेखि सदनसम्म

रास्वपा सचिवालय बैठक बस्दै: महाधिवेशन कार्यविधि र विधान संशोधन मुख्य एजेन्डा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आइतबार

कान्ति लोकपथमा पहिरो खस्यो: हेटौंडा-काठमाडौँ यातायात ठप्प

काठमाडौँ – ललितपुरको बागमती गाउँपालिका–४ पाङदुरमा पहिरो खसेपछि कान्ति लोकपथ