सांसदलाई एमालेको निर्देशन : संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्नू « Khabarhub

सांसदलाई एमालेको निर्देशन : संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्नू


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले संसद बैठकमा सशक्त भूमिका निर्वाह गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

दुई दिनसम्म संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले जनताका आवाज उठाउँदै सदनमा सशक्त भूमिका निर्वाह सांसदहरुलाई निर्देशन दिएको हो ।

बैठकमा संसदीय दलका नेता केपी ओलीले प्राविधिक र वैचारिक स्पष्टताका साथ बैठकमा सहभागिता जनाउन निर्देशन दिए । उनले सदन बैठकमा गल्ती बोल्नेहरुको रेकर्डबाट हटाइयोस भन्न आवश्यक नरहेको तर्क गरे ।

तर, कसैले गल्ती बोलेको वा गरेको भए सदनमा विरोध भने जनाउनुपर्ने उनले बताए । ओलीले विभिन्न नेताहरूले दिएका प्रशिक्षणका आधारमा मर्यादित ढंगले गतिविधि गर्न पनि निर्देशन दिएका थिए ।

संघीय संसद्को बैठक सोमबार दिउँसो ४ बजेका लागि आह्वान भएको छ । सोमबारको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने लगाएतका कार्यसूची रहेका छन् ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ०८ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन