धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा « Khabarhub

धौलागिरि आधार शिविर पुग्ने पर्यटकलाई होटलको सुविधा


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

धौलागिरि- रघुगङ्गा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधारशिविर जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा आएको छ ।

रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको सेतिनी भ्यालीमा व्यवसायी कुशल पाइजाले होटल सञ्चालनमा ल्याएका हुन् । होटल सञ्चालनमा आएपछि टोड्के–धौलागिरि पानोरमा पदमार्ग, धौलागिरि आइसफल पदमार्ग र धौलागिरि सेञ्चुरी पदमार्गमा जाने पर्यटकलाई सहज हुने भएको छ ।

“पदमार्ग सञ्चालनमा आए पनि खान र बसोबासको सुविधा नहुँदा पर्यटकलाई समस्या थियो, अहिले १० देखि १५ जनालाई बसोबासको समेत सुविधासहित होटल सञ्चालनमा ल्याइएको छ, यसलाई थप व्यवस्थित गर्दै क्षमता विस्तार गर्ने लक्ष्य राखेको छु”, सञ्चालक पाइजाले भने ।

समुद्री सतहदेखि दुई हजार ६ सय मिटर उचाइमा रहेको यस ठाउँबाट धौलागिरि हिमाल र सेतिनी झरनाको मनोरम दृष्य अवलोकन गर्न समेत सकिन्छ । यसअघि होटल सुविधा नहुँदा पर्यटकहरु खाना र बसोबासका लागि क्याम्पिङ बन्दोबस्तसहित जानुपर्ने बाध्यता थियो ।

टोड्के–धौलागिरि पानोरम पदमार्गको खोजी र प्रवद्र्धनका लागि आएका ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले सेतिनी भ्यालीको होटलले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सघाउने विश्वास व्यक्त गरे ।

“यस क्षेत्रमा पर्यटनको सम्भावना अथाह छ, तर सुविधा र पूर्वाधारको अभाव प्रमुख समस्या हुन्, होटल सञ्चालनमा आएपछि पर्यटकलाई धेरै सुविधा र राहत मिलेको छ”, उनले भने ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : २४ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को