साईबरलीला : दैनिक दुईसय उजुरी | Khabarhub Khabarhub

साईबरलीला : दैनिक दुईसय उजुरी

सावधान ! चुल्होकै मान्छे बन्छ बैरी



काठमाडौंकी पूजा खड्का एक व्यवसायी हुन् । शिक्षित अनि आर्थिक रुपले समृद्ध उनलाई कुनै कुराको कमी थिएन । देख्नमा पनि निकै राम्री थिइन् । उनका श्रीमान् भने खाडी मुलुकमा थिए । इन्जिनियर भएकाले खाडी मुलुकमा भएपनि उनको कमाइ निकै राम्रो थियो । प्रेम विवाह गरेका उनीहरु सर–सल्लाहले नै आ–आफ्नो काममा थिए ।

सबै राम्रै चलिरहेको थियो । एकदिन पूजालाई आफ्नै अफिसका सहकर्मीले कमाइ राम्रै छ किन यस्तो काम गर्नुहुन्छ म्याम भनेर सोधे । उनी आश्चर्यचकित परिन् । र उनले सहकर्मीलाई सोधिन्– कस्तो काम ? तब सहकर्मीले एक फेसबुक आईडी देखाए । जहाँ पूजाको फोटो सहित उनलाई एक यौन व्यवसायीको रुपमा देखाइएको थियो ।

यस्तो कसरी सम्भव छ ? उनी सहकर्मी लिएर साइबर महाशाखा पुगिन् । जब प्रहरीले अनुसन्धान गर्यो, तब झन् उनलाई झटारो नै लाग्यो । त्यो आईडी उनका आफ्नै श्रीमानले पो बनाएका रहेछन् ।

श्रीमानले एक बङ्गलादेशी साथीको सहयोग लिएर श्रीमतीको नाममा उक्त अश्लिल आईडी बनाएका रहेछन् । अनुसन्धान क्रममा उनका श्रमिानले श्रीमतीको चरित्र जाँच्न त्यो आईडी बनाएको बताएका थिए ।

खाडीमा गएपछि आफ्नो विभिन्न युवतीसँग सम्बन्ध रहेपछि उनलाई श्रीमतीले चाहिँ यस्तो गर्छ कि गर्दैन भनेर जाँच गर्न फेक आईडी बनाएको स्वीकारेको अपराध अपराध अनुसन्धान महाशाखाले जनाएको छ । शंकाको मनोवृत्तिले उक्त घटना घटेको देखिन्छ ।

त्यस्तै, काठमाडौंकै अर्को एकल महिला आफ्नै घरमा भाडामा बस्नेबाट हिंसामा परिन् । एक मात्र छोरा पढ्नको लागि विदेश गएपछि घरमा उनी एक्लै थिइन् । सुख–दुःख पर्दा भाडामै बस्नेहरुसँग सहयोग लिन्थिन् । त्यसमध्येका एक जना भाइ जो दश वर्षदेखि त्यही घरमा थिए । उसँग महिला निकट थिइन् ।

ती महिलालाई मोबाइल धेरै चलाउन आउँदैनथ्यो । फोन गर्ने, छोरासँग भिडियो कल गर्ने, अरुका फोटोमा लाइक गर्ने यस्तै सामान्य चलाउँथिन् । मोबाइलमा उनले भर्खर–भर्खरै भिडियो खिच्न पनि सिकिन् । एकदिन उनले बाथरुममा आफू नुहाउँदै गरेको भिडियो बनाइन् । त्यस्तो भिडियो खिच्न हुन्न भन्ने उनलाई थाहा थिएन ।

मोबाइलमा केही समस्या पर्यो वा केही गर्दिन पर्‍यो भने उनले त्यही भाइलाई हेर्न लगाउँथिन् । फलतः भिडियो भाइको हात लागेछ । त्यसपछि केटाले ब्ल्याकमेल गर्न थालेछ । उसले पाँच लाख रुपैयाँ नदिए भिडियो भाइरल गर्दिने धम्की दियो ।

उनी आत्तिइन्, पैसा दिन राजी भइन् । तर पैसा दिन जानुअघि उनले नन्दलाई सुनाइन् । नन्दले साइबर ब्युरो लिएर आइन् । ब्युरोले उक्त केटालाई प्रक्राउ गर्यो । त्यतिबेलासम्म पनि ती महिला ‘मेरो भाइ हो, यसले यस्तो गर्न सक्दैन’ भन्दै बचाउमा उत्रिइन् ।

पछि केटाले अपराध गरेको स्वीकारेपछि महिला बेहोस् भइन् । आफ्नो भाइ जत्तिकै मानेको मान्छेले पनि पैसाको लागि यो हदसम्म गिर्न सक्छ कुरामा उनलाई विश्वास लागिरहेको थिएन ।

यी केही घटनाले अपराध घरभित्रकै मान्छेबाट पनि हुन सक्छ भन्ने देखाउँछ । हामीले माया गरेको, विश्वास गरेकोबाट पनि डिजिटल अपराध हुन सक्ने देखाउँछ । आधुनिक र सम्पन्न समाजमा अनेक प्रकारका साइबर अपराध डरलाग्दो र गम्भीर समस्याका रूपमा बढ्दै गएका छ ।

साइबर क्राइमलाई विश्वमै गम्भीर प्रकृतिको फौजदारी र सामाजिक अपराध मानिन्छ ।साइबर क्राइम कम्प्युटर, नेटवर्क र सामाजिक सञ्जाल आदिको प्रयोग गरी गरिने आधुनिक फौजदारी र सामाजिक अपराध हो । नेपालमा यसको प्रयोग विभिन्न स्वरूपमा बढ्दो क्रममा रहेको छ । महिला, बालबालिका र विद्यार्थी यसबाट बढी पीडित बन्दै छन् ।

यो पाँच वर्षमा साइबर अपराधको निवेदन मात्रै ३१ हजार १४७ जनाको परेको देखिन्छ । सबैभन्दा धेरै नक्कली आईडी बनाएर चरित्र हत्या गर्नेको उजुरी धेरै रहेको साइबर ब्युरोका प्रशासनिक प्रमुख राजकुमार खड्गी बताउछन् । उनी भन्छन्, ‘दिनको एकसय पचासदेखि दुईसयको हाराहारीमा ब्युरोमा उजुरी आउँछ ।’

‘नक्कली आइडी बनाएको भन्ने उजुरीमात्रै गत साउन यता एक हजार ५१ वटा छन् । जसमध्ये सेक्सटिङसम्बन्धी १८६, पोर्नोग्राफी सम्बन्धी ७७ वटा र १७ वटा मोर्फिङसम्बन्धी उजुरी परेका छन्, उनले भने ।

स्कुल, कलेज तथा स्थानीय निकायमा सचेतना कार्यक्रम गरिरहेका छौ । तर पनि साइबर अपराध न्यूनीकरण हुन नसक्दा वैकल्पिक कार्यक्रमहरुको बारेमा ध्यान दिनुपर्ने खड्गीको भनाइ छ । ‘अब साइबर सुरक्षाको विषय पाठ्यक्रममा समावेश गरेर पठाउनुपर्ने भएको छ ।’

२०६३ सालमा विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी विशेष ऐन ल्याई लागू भइरहेको छ ।ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा कानुनअनुसार ५० हजारदेखि पाँच लाखसम्म जरिवाना तथा ६ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय कसुर अपराधको मात्रा हेरी अदालतले तोक्न सक्ने कानुनी प्रावधान छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : १८ बजे

नेपालबाट बंगलादेशसम्म बिजुली निर्यात उपक्षेत्रीय सहयोगको उदाहरण : मोदी

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय ग्रिड हुँदै नेपालबाट

करण परियारले जिते नेपाल आइडल सिजन–५ को उपाधि

काठमाडौं – गायन रियालिटी शो नेपाल आइडल सिजन-५ को उपाधि

ब्युटीपार्लरमा काम दिने बहानामा नाबालिकालाई यौनधन्दामा लगाउने दुईजना पक्राउ

काठमाडौं – नाबालिकालाई ब्युटीपार्लरमा काम दिने भनी फसाएर काठमाडौँका विभिन्न

‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’

बागलुङ – बागलुङको काठेखोला गाउँपालिकाले गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नारासहितको

कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्न विभागको आग्रह

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग