साईबरलीला : दैनिक दुईसय उजुरी | Khabarhub Khabarhub

साईबरलीला : दैनिक दुईसय उजुरी

सावधान ! चुल्होकै मान्छे बन्छ बैरी



काठमाडौंकी पूजा खड्का एक व्यवसायी हुन् । शिक्षित अनि आर्थिक रुपले समृद्ध उनलाई कुनै कुराको कमी थिएन । देख्नमा पनि निकै राम्री थिइन् । उनका श्रीमान् भने खाडी मुलुकमा थिए । इन्जिनियर भएकाले खाडी मुलुकमा भएपनि उनको कमाइ निकै राम्रो थियो । प्रेम विवाह गरेका उनीहरु सर–सल्लाहले नै आ–आफ्नो काममा थिए ।

सबै राम्रै चलिरहेको थियो । एकदिन पूजालाई आफ्नै अफिसका सहकर्मीले कमाइ राम्रै छ किन यस्तो काम गर्नुहुन्छ म्याम भनेर सोधे । उनी आश्चर्यचकित परिन् । र उनले सहकर्मीलाई सोधिन्– कस्तो काम ? तब सहकर्मीले एक फेसबुक आईडी देखाए । जहाँ पूजाको फोटो सहित उनलाई एक यौन व्यवसायीको रुपमा देखाइएको थियो ।

यस्तो कसरी सम्भव छ ? उनी सहकर्मी लिएर साइबर महाशाखा पुगिन् । जब प्रहरीले अनुसन्धान गर्यो, तब झन् उनलाई झटारो नै लाग्यो । त्यो आईडी उनका आफ्नै श्रीमानले पो बनाएका रहेछन् ।

श्रीमानले एक बङ्गलादेशी साथीको सहयोग लिएर श्रीमतीको नाममा उक्त अश्लिल आईडी बनाएका रहेछन् । अनुसन्धान क्रममा उनका श्रमिानले श्रीमतीको चरित्र जाँच्न त्यो आईडी बनाएको बताएका थिए ।

खाडीमा गएपछि आफ्नो विभिन्न युवतीसँग सम्बन्ध रहेपछि उनलाई श्रीमतीले चाहिँ यस्तो गर्छ कि गर्दैन भनेर जाँच गर्न फेक आईडी बनाएको स्वीकारेको अपराध अपराध अनुसन्धान महाशाखाले जनाएको छ । शंकाको मनोवृत्तिले उक्त घटना घटेको देखिन्छ ।

त्यस्तै, काठमाडौंकै अर्को एकल महिला आफ्नै घरमा भाडामा बस्नेबाट हिंसामा परिन् । एक मात्र छोरा पढ्नको लागि विदेश गएपछि घरमा उनी एक्लै थिइन् । सुख–दुःख पर्दा भाडामै बस्नेहरुसँग सहयोग लिन्थिन् । त्यसमध्येका एक जना भाइ जो दश वर्षदेखि त्यही घरमा थिए । उसँग महिला निकट थिइन् ।

ती महिलालाई मोबाइल धेरै चलाउन आउँदैनथ्यो । फोन गर्ने, छोरासँग भिडियो कल गर्ने, अरुका फोटोमा लाइक गर्ने यस्तै सामान्य चलाउँथिन् । मोबाइलमा उनले भर्खर–भर्खरै भिडियो खिच्न पनि सिकिन् । एकदिन उनले बाथरुममा आफू नुहाउँदै गरेको भिडियो बनाइन् । त्यस्तो भिडियो खिच्न हुन्न भन्ने उनलाई थाहा थिएन ।

मोबाइलमा केही समस्या पर्यो वा केही गर्दिन पर्‍यो भने उनले त्यही भाइलाई हेर्न लगाउँथिन् । फलतः भिडियो भाइको हात लागेछ । त्यसपछि केटाले ब्ल्याकमेल गर्न थालेछ । उसले पाँच लाख रुपैयाँ नदिए भिडियो भाइरल गर्दिने धम्की दियो ।

उनी आत्तिइन्, पैसा दिन राजी भइन् । तर पैसा दिन जानुअघि उनले नन्दलाई सुनाइन् । नन्दले साइबर ब्युरो लिएर आइन् । ब्युरोले उक्त केटालाई प्रक्राउ गर्यो । त्यतिबेलासम्म पनि ती महिला ‘मेरो भाइ हो, यसले यस्तो गर्न सक्दैन’ भन्दै बचाउमा उत्रिइन् ।

पछि केटाले अपराध गरेको स्वीकारेपछि महिला बेहोस् भइन् । आफ्नो भाइ जत्तिकै मानेको मान्छेले पनि पैसाको लागि यो हदसम्म गिर्न सक्छ कुरामा उनलाई विश्वास लागिरहेको थिएन ।

यी केही घटनाले अपराध घरभित्रकै मान्छेबाट पनि हुन सक्छ भन्ने देखाउँछ । हामीले माया गरेको, विश्वास गरेकोबाट पनि डिजिटल अपराध हुन सक्ने देखाउँछ । आधुनिक र सम्पन्न समाजमा अनेक प्रकारका साइबर अपराध डरलाग्दो र गम्भीर समस्याका रूपमा बढ्दै गएका छ ।

साइबर क्राइमलाई विश्वमै गम्भीर प्रकृतिको फौजदारी र सामाजिक अपराध मानिन्छ ।साइबर क्राइम कम्प्युटर, नेटवर्क र सामाजिक सञ्जाल आदिको प्रयोग गरी गरिने आधुनिक फौजदारी र सामाजिक अपराध हो । नेपालमा यसको प्रयोग विभिन्न स्वरूपमा बढ्दो क्रममा रहेको छ । महिला, बालबालिका र विद्यार्थी यसबाट बढी पीडित बन्दै छन् ।

यो पाँच वर्षमा साइबर अपराधको निवेदन मात्रै ३१ हजार १४७ जनाको परेको देखिन्छ । सबैभन्दा धेरै नक्कली आईडी बनाएर चरित्र हत्या गर्नेको उजुरी धेरै रहेको साइबर ब्युरोका प्रशासनिक प्रमुख राजकुमार खड्गी बताउछन् । उनी भन्छन्, ‘दिनको एकसय पचासदेखि दुईसयको हाराहारीमा ब्युरोमा उजुरी आउँछ ।’

‘नक्कली आइडी बनाएको भन्ने उजुरीमात्रै गत साउन यता एक हजार ५१ वटा छन् । जसमध्ये सेक्सटिङसम्बन्धी १८६, पोर्नोग्राफी सम्बन्धी ७७ वटा र १७ वटा मोर्फिङसम्बन्धी उजुरी परेका छन्, उनले भने ।

स्कुल, कलेज तथा स्थानीय निकायमा सचेतना कार्यक्रम गरिरहेका छौ । तर पनि साइबर अपराध न्यूनीकरण हुन नसक्दा वैकल्पिक कार्यक्रमहरुको बारेमा ध्यान दिनुपर्ने खड्गीको भनाइ छ । ‘अब साइबर सुरक्षाको विषय पाठ्यक्रममा समावेश गरेर पठाउनुपर्ने भएको छ ।’

२०६३ सालमा विद्युतीय कारोबार नियन्त्रणसम्बन्धी विशेष ऐन ल्याई लागू भइरहेको छ ।ऐनको दफा ४४ देखि दफा ५८ सम्म विभिन्न प्रकारका कसुरको उल्लेख गरी सो प्रमाणित भएमा कानुनअनुसार ५० हजारदेखि पाँच लाखसम्म जरिवाना तथा ६ महिनादेखि पाँच वर्षसम्मका जेल सजाय कसुर अपराधको मात्रा हेरी अदालतले तोक्न सक्ने कानुनी प्रावधान छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : १८ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत