क्यानाडाविरुद्धको सिरिज र लिग २ खेल्ने खेलाडीको सूची सार्वजनिक « Khabarhub

क्यानाडाविरुद्धको सिरिज र लिग २ खेल्ने खेलाडीको सूची सार्वजनिक


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले क्यानाडाविरुद्धको सिरिज र विश्वकप लिग २ खेल्ने खेलाडीको सूची जारी गरेको छ । आइतबार सामाजिक सञ्जालमार्फत् क्यानले खेलाडीको सूची सार्वजनिक गरेको छ ।

यसअनुसार क्यानाडाविरुद्धको सिरिजका लागि कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह परेका छन् । नेपालले आगामी फेब्रुअरी ८ देखि १२ सम्म क्यानाडाविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी, विश्वकप लिग २ मा रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल छन् ।

लिग २ का लागि वैकल्पिक खेलाडीका रुपमा देव खनाल, प्रतिश जिसी, अनिल साह र विवेक यादव रहेका छन् । नेपालले आगामी फेब्रुअरी १५ देखि २४ सम्म आईसीसी विश्वकप लिग २ मा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ७ : ३२ बजे

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण

सुनकोशीमा कार खस्दा बेपत्ता पूर्ववडाध्यक्षसहित तीनै जनाको पहिचान खुल्यो

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित सुनकोशी नदीमा

राजनीतिक पत्रकारसँग छलफल गर्दै सरकारका प्रवक्ता पोखरेल

काठमाडौँ – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

रोमानियामा रेल दुर्घटना: दुई नेपालीको ज्यान गयो

काठमाडौँ – पूर्वी रोमानियाको बकाउ शहरमा रेलको टक्करबाट दुई जना

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन– भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको भूमिगत