५५औं नगर स्थापना दिवस मनाउदै हेटौंडा उपमहानगर | Khabarhub Khabarhub

५५औं नगर स्थापना दिवस मनाउदै हेटौंडा उपमहानगर


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको ३८औं कार्यपालिका बैठकले बैठकले ५५औं नगर स्थापना दिवस फागुन १ गते भव्यताका साथ मनाउने निर्णय गरेको छ। यसका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्ने तयारी थालिएको जनाइएको छ।

बैठकले बालमैत्री स्थानीय शासन घोषणाका लागि वडा नम्बर २, ८, १७ र १८ का लागि बालबालिकाको पाँच वर्षे आवधिक योजना (२०८०/८१ देखि २०८४/८५ सम्म) स्वीकृत गरेको छ। त्यस्तै, विभिन्न निकायहरूले जग्गा प्राप्तिका लागि गरेको सिफारिस स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा स्थलगत अध्ययन गरी निर्णय लिने निर्णय भएको छ।

उपमहानगरपालिकाको सामाजिक समावेशीकरण नीति तयार पार्न सैद्धान्तिक सहमति दिने निर्णय पनि यस बैठकले गरेको छ। यस्तै नवप्रवर्द्धन सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने र सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय भएको छ।

वडा नम्बर ४ को बहुउद्देश्यीय व्यावसायिक भवन निर्माणको काम अगाडि बढाउने र वडा नम्बर ५ को सार्वजनिक बाटोमा अतिक्रमण गरी बनाइएको संरचना हटाउने निर्णय पनि गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ०५ बजे

माबिलुङ्ग इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन 

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर

ताप्लेजुङ गोल्डकप : आज रेड स्टार र सहलेश भिड्दै

ताप्लेजुङ– ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत

रिडी–तम्घास सडक अवरुद्ध

गुल्मी– मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास खण्डमा पहिरो खस्दा सडक पूर्ण रूपमा

विदेश उड्दाको आकाशदेखि फर्कदाको बाकससम्म बेथिति

नेपाल यस्तो देश हो, जसले युवा बेचेर उनीहरुले पठाएको विप्रेषणमा

काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढी

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको