बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैङ्किङ कसुर मुद्दाका फरार एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने घराना डेभलपर्स प्रालिकी सञ्चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की)लाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार साबिक पुनरावेदन अदालत पाटनको विसं २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहका जग्गा धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैङ्किङ कसुर मुद्दामा तीन वर्ष कैद तथा रु चार करोड जरिवानाको फैसला अदालतले गरेको थियो ।

निजलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सिआईबीका प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ४९ बजे

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा