बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैङ्किङ कसुर मुद्दाका फरार एक महिला प्रतिवादीलाई पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बस्ने घराना डेभलपर्स प्रालिकी सञ्चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की)लाई आज पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)का प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार साबिक पुनरावेदन अदालत पाटनको विसं २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहका जग्गा धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैङ्किङ कसुर मुद्दामा तीन वर्ष कैद तथा रु चार करोड जरिवानाको फैसला अदालतले गरेको थियो ।

निजलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएको सिआईबीका प्रवक्ता अधिकारीले बताए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ९ : ४९ बजे

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा