पाकिस्तानको मुद्रास्फीति २८ दशमलब ५ प्रतिशत | Khabarhub Khabarhub

पाकिस्तानको मुद्रास्फीति २८ दशमलब ५ प्रतिशत


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको मुद्रास्फीति अझै उच्च रहेको पाइएको छ । यस वर्षको जनवरी महिनामा पाकिस्तानको मुद्रास्फीति २८ दशमलब ५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार खाद्यान्नको आपूर्तिमा झड्का लागेसँगै मुद्रास्फीति उच्च हुन पुगेको हो । त्यसबाहेक तरकारी, विद्युत र ग्यासको मूल्यमा भएको वृद्धिले पनि मुद्रास्फीतिलाई बढाएको पाकिस्तानको वित्त मन्त्रालयले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार तथ्यांक प्रकाशित हुनु दुई दिनअघि मात्रै पाकिस्तानको केन्द्रीय बैंकले मुद्रास्फीतिको पूर्वानुमानलाई बढाएको थियो । पाकिस्तानले पछिल्लो समय तीव्र आर्थिक संकटको सामना गरिरहेको छ ।

पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले आर्थिक वर्ष सन् २०२४ मा मुलुकको मुद्रास्फीति २३ देखि २५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ४२ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार