पाकिस्तानको मुद्रास्फीति २८ दशमलब ५ प्रतिशत « Khabarhub

पाकिस्तानको मुद्रास्फीति २८ दशमलब ५ प्रतिशत


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको मुद्रास्फीति अझै उच्च रहेको पाइएको छ । यस वर्षको जनवरी महिनामा पाकिस्तानको मुद्रास्फीति २८ दशमलब ५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार खाद्यान्नको आपूर्तिमा झड्का लागेसँगै मुद्रास्फीति उच्च हुन पुगेको हो । त्यसबाहेक तरकारी, विद्युत र ग्यासको मूल्यमा भएको वृद्धिले पनि मुद्रास्फीतिलाई बढाएको पाकिस्तानको वित्त मन्त्रालयले जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार तथ्यांक प्रकाशित हुनु दुई दिनअघि मात्रै पाकिस्तानको केन्द्रीय बैंकले मुद्रास्फीतिको पूर्वानुमानलाई बढाएको थियो । पाकिस्तानले पछिल्लो समय तीव्र आर्थिक संकटको सामना गरिरहेको छ ।

पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले आर्थिक वर्ष सन् २०२४ मा मुलुकको मुद्रास्फीति २३ देखि २५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ४ : ४२ बजे

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर,  अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो

खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ

काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि

रास्वपाको ‘हामी आउँदैछौँ’ अभियान सुरु

काभ्रेपलाञ्चोक– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हामी आउँदैछौँ’ भन्ने

कांग्रेस महाधिवेशन : मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पदाधिकारी र सदस्य पदका