विश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ : फ्रान्सेली राष्ट्रपति « Khabarhub

विश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ : फ्रान्सेली राष्ट्रपति


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पेरिस – फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गणतन्त्र दिवस समारोहका क्रममा आफ्नो हालैको भारत भ्रमणको झलक देखाउँदै पोस्ट गरेको भिडियोमा भारतमा फ्रान्सले ‘बढीभन्दा बढी लगानी’ गर्न चाहेको बताएका छन्।

उनले भारतको प्रशंसा गर्दै विश्व परिवर्तनमा भारत सबैभन्दा अगाडि रहने बताए । सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, “भारतजस्तो लोकतान्त्रिक, जनसाङ्ख्यिकीय, आर्थिक र प्राविधिक शक्ति जस्तोे भन्नका लागि हामीसँग सबैथोक छ, भारत विश्व परिवर्तनमा अग्रपङ्क्तिमा रहने छ ।”

‘भारतमा एउटा असाधारण भ्रमणमा एक नजर’ शीर्षकका साथ पोस्ट गरिएको भिडियोमा म्याक्रोनले भने, “हाम्रा लागि चिया पिउनु एउटा बानी हो ।” उहाँले राष्ट्रिय राजधानीमा ७५औँ गणतन्त्र दिवस समारोहमा हिस्सा बन्न पाउँदा ‘अत्यन्त सम्मानित महसुस’ गरिरहेको बताए । “यति महत्त्वपूर्ण र अद्वितीय दिनको हिस्सा बनेर मैले अत्यन्त सम्मानित महसुस गरिरहेको छु, यो सधैँ मेरो सम्झनामा रहने छ ।”

दुवै मुलुकबिच सुमधुर सम्बन्ध रहेको दाबी गर्दै राष्ट्रपति म्याक्रोनले दुई मुलुकबिच राम्रो सम्बन्ध भए पनि अझै धेरै गर्न सकिने बताए। “हामीले पछिल्ला केही वर्षमा तपाईंको मुलुकसँग विभिन्न क्षेत्रमा सहयोग र साझेदारीको एउटा शृङ्खला विकास गरेका छौँ र स्पष्टरूपमा हामी धेरैभन्दा धेरै लगानी गर्न चाहन्छौँ, सम्बन्ध अति सुमधुर भए पनि हामी अझै धेरै गर्न सक्छौँ, अहिलेसम्म सबैकुरा राम्रो भएको छ”, भिडियोमा उनले भने ।

यसका साथै उनले सन् २०३० सम्म फ्रान्समा भारतबाट ३० हजार विद्यार्थी आउन् भन्ने आफूले चाहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भारतको भ्रमण गरेका थिए र जनवरी २६ मा ७५औँ गणतन्त्र दिवस समारोहमा उनी प्रमुख अतिथि बनेका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ११ : ११ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार