विश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ : फ्रान्सेली राष्ट्रपति « Khabarhub

विश्व परिवर्तनमा भारत अग्रपङ्क्तिमा हुनेछ : फ्रान्सेली राष्ट्रपति


२१ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

पेरिस – फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले गणतन्त्र दिवस समारोहका क्रममा आफ्नो हालैको भारत भ्रमणको झलक देखाउँदै पोस्ट गरेको भिडियोमा भारतमा फ्रान्सले ‘बढीभन्दा बढी लगानी’ गर्न चाहेको बताएका छन्।

उनले भारतको प्रशंसा गर्दै विश्व परिवर्तनमा भारत सबैभन्दा अगाडि रहने बताए । सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, “भारतजस्तो लोकतान्त्रिक, जनसाङ्ख्यिकीय, आर्थिक र प्राविधिक शक्ति जस्तोे भन्नका लागि हामीसँग सबैथोक छ, भारत विश्व परिवर्तनमा अग्रपङ्क्तिमा रहने छ ।”

‘भारतमा एउटा असाधारण भ्रमणमा एक नजर’ शीर्षकका साथ पोस्ट गरिएको भिडियोमा म्याक्रोनले भने, “हाम्रा लागि चिया पिउनु एउटा बानी हो ।” उहाँले राष्ट्रिय राजधानीमा ७५औँ गणतन्त्र दिवस समारोहमा हिस्सा बन्न पाउँदा ‘अत्यन्त सम्मानित महसुस’ गरिरहेको बताए । “यति महत्त्वपूर्ण र अद्वितीय दिनको हिस्सा बनेर मैले अत्यन्त सम्मानित महसुस गरिरहेको छु, यो सधैँ मेरो सम्झनामा रहने छ ।”

दुवै मुलुकबिच सुमधुर सम्बन्ध रहेको दाबी गर्दै राष्ट्रपति म्याक्रोनले दुई मुलुकबिच राम्रो सम्बन्ध भए पनि अझै धेरै गर्न सकिने बताए। “हामीले पछिल्ला केही वर्षमा तपाईंको मुलुकसँग विभिन्न क्षेत्रमा सहयोग र साझेदारीको एउटा शृङ्खला विकास गरेका छौँ र स्पष्टरूपमा हामी धेरैभन्दा धेरै लगानी गर्न चाहन्छौँ, सम्बन्ध अति सुमधुर भए पनि हामी अझै धेरै गर्न सक्छौँ, अहिलेसम्म सबैकुरा राम्रो भएको छ”, भिडियोमा उनले भने ।

यसका साथै उनले सन् २०३० सम्म फ्रान्समा भारतबाट ३० हजार विद्यार्थी आउन् भन्ने आफूले चाहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले भारतको भ्रमण गरेका थिए र जनवरी २६ मा ७५औँ गणतन्त्र दिवस समारोहमा उनी प्रमुख अतिथि बनेका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ११ : ११ बजे

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स

विश्व शान्ति कार्यक्रम’ लुम्बिनीमा आजबाट सुरु

लुम्बिनी– लुम्बिनीको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फरेन्स हलमा तीन दिने ‘विश्व शान्ति

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी– जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद

खानेपानी संस्थान धनगढीको बक्यौता दुई करोड ३१ लाख

कैलाली– लामो समयदेखि धनगढीमा खानेपानी वितरण गर्दै आएको नेपाल खानेपानी

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर– मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थामा ठूलो परिमाणमा