राष्ट्रियसभाका नव निर्वाचित सांसदको सपथ आज « Khabarhub

राष्ट्रियसभाका नव निर्वाचित सांसदको सपथ आज


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका नव निर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैछन् ।

गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित १९ जना तथा राष्ट्रपतिबाट मनोनित हुने १ जना गरी २० सदस्यहरूले आज पद तथा गोपनियताको सपथ लिदैछन् । उनीहरूको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ । 

जसअनुसार कोशी प्रदेश बिजयी कांग्रेसका कृष्ण सिटौला र एमालेकी रुक्मिणी कोइराला, मधेसबाट जसपाकी पूजा चौधरी र कांग्रेसका आनन्द ढुंगाना, बागमतीमा कांग्रेसका विष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल, गण्डकीबाट माओवादीका मनरूपा शर्मा तथा कांग्रेसका पदमबहादुर परियार र किरणबाबु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिदैछन् ।

साथै, लुम्बिनीबाट कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी र कर्णालीबाट एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विश्वकर्मा र कांग्रेसका कृष्णबहादुर रोकाय तथा सुदूरपश्चिमबाट कांग्रेसका बलदेव बोहोराले सपथ लिदैछन् ।

उता, हिजोबाट पदावधि सकिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक–एक जना रहेका छन्।

यसअघि निर्वाचित भएका मध्ये एमालेबाट निर्वाचित भइ राष्ट्रियसभा अध्यक्षको जिम्मेवारीमा रहेका गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदहरूको पद हिजो समाप्त भएसँगै आज नयाँ सांसदहरूले पद तथा गोपनियताको सपथ लिन लागेका हुन् ।

जसअनुसार हिजो पदावधि सकिनेमा एमालेका इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन भने कांग्रेसका  रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको पनि कार्यकाल सकिएको छ । 

यसैगरी, नेकपा माओवादी केन्द्रका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा तथा नेकपा एकीकृत समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा रहेका छन् । 

त्यस्तै जनता समाजवादी पार्टी, नेपालकी प्रमिला कुमारी र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पदावधि पनि हिजो सकिएको थियो भने तत्कालिन राष्ट्रपति  विद्यादेवी भण्डारीले मनोनीतमा परेकी डा.विमला राई पौड्यालको पदावधि पनि हिजो सकिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ७ : १७ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर