रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने  « Khabarhub

रास्वपा सभापति लामिछानेकै नेतृत्वमा सरकारमा जाने 


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको छ । 

आज बिहान बसेको रास्वपा सचिवालयको बैठकले सभापतिकै नेतृत्वमा सरकारमा जाने अनौपचारिक निर्णय गरेको हो । 

रास्वपा सचिवालयका एक नेताका अनुसार अर्थ मन्त्रालय पाए उपसभापति स्वर्णिम वाग्लेलाई नै सरकारमा पठाउने कि भन्ने छलफल भएको थियो । 

तर उपप्रधानसहित गृर्ह मन्त्रालय पाउने अनौपचारिक छलफल मध्यरातमा नेकपा एमाले, माओवादी, रास्वपाजसपाको छलफलमा भएपछि सभापति नै नेतृत्वमा जाने कुरा भएको बैठकमा उपस्थित एक नेताले खबरहबलाई बताए ।  

ती नेताले भने, ‘कुनै राजनीतिक परिवर्तन नभए सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने पार्टीको सहमति छ ।’ 

आज बिहान बसेको पार्टीको बैठकले यसको निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई दिएको छ ।

अहिले सभापति लामिछाने बालुवाटार पुगेका छन् । रास्वपाबाट आज पार्टी सभापति मात्रले मन्त्रीको शपथ लिने छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ५३ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा