भारतीय दूध भित्रिंदा नेपाली किसान समस्यामा « Khabarhub

भारतीय दूध भित्रिंदा नेपाली किसान समस्यामा


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँकेमा भारतीय दूधको बिक्री वितरणले नेपाली किसान मर्कामा पर्दै गएका छन् । नेपालगञ्जलगायत आसपासका ग्रामीण बजारमा खुलेयाम भारतीय दूध बिक्री वितरणले नेपाली किसान मर्कामा परेको दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले बताए। 

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा भारतीय दूध बिक्री वितरण हुने गरेको छ ।

‘भारतीय दूध बिना रोकतोक आएपछि नेपाली दूधको बजारमा असर परेको छ । अवैध बाटोबाट भित्रिने गुणस्तरहीन भारतीय दूधका कारण नेपाली किसान मारमा परेका छन्’, अध्यक्ष भण्डारीले भने, ‘हरेक दिन ठूलो परिमाणमा भारतीय दूध आएर नेपाली किसानको व्यवसायलाई धराशायी बनाएको छ ।’

पछिल्लो दिनमा भारतबाट भित्रिने दूधको ‘रेकर्ड’ नै छैन । पशु क्वारेन्टाइन र नेपालगञ्ज भन्सार कार्यालयले तथ्याकं नराखेको उनको गुनासो छ । भारतीय दूधलाई भन्सार लगाउन सकेमा मात्र नेपाली किसानले प्रतिस्पर्धा गर्नसक्ने उनको भनाइ छ । 

भारतबाट भित्रिएको दूध सस्तो दरमा बिक्री वितरण हुन थालेपछि स्थानीय किसानको दूधले बजार पाउन नसकेको डुडुवा गाउँपालिका–५ कम्दीका अगुवा सूर्यलाल यादवले बताए । 

‘कम्दीका किसानको मुख्य आयस्रोत दूध बिक्री हो । यहाँका प्रत्येक घरबाट दूध बेच्ने गरिएको छ’, उनले भने, ‘कम्दी गाउँमा मात्रै करिब दुई हजार भैँसीपालन गरिएको छ । तर पछिल्लो समय दूध बिक्री वितरण नहुँदा समस्या भएको बढ्दै गएको छ ।’

बाँके जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भएको हुँदा भारतबाट अवैधरुपमा आउने कच्चा दूध तथा दुग्धजन्य पदार्थले राजस्व चुहावट हुनुका साथै यहाँका किसानले उत्पादन गरेको दूध बिक्री नहुने अवस्था आएकाले नेपाल भित्रिने दूध तथा दुग्धजन्य पदार्थ तत्काल रोक्नुपर्ने माग गर्दै दुग्ध व्यवसायी सङ्घ बाँकेले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई ध्यानाकर्षण गराइएको अध्यक्ष भण्डारीले बताए । 

बजारमा खुलारुपमा कुनै पनि निकायमा दर्ता तथा परीक्षणसमेत नगरी भित्रिएका दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर परीक्षण र बजार अनुगमनको लागि पनि अनुरोध गरिएको उनले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी पोखरेलले दुग्ध व्यवसायी र दूध उत्पादक किसानको समस्या समाधानको लागि आवश्यक पहल गरिने बताए। 

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ५८ बजे

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

मक्का- अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा

सरकारको आश्वासनमा विश्वस्त छैनन् निर्माण व्यवसायी

काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य