सत्ता गठबन्धन फेरबदल अनपेक्षित : कांग्रेस | Khabarhub Khabarhub

सत्ता गठबन्धन फेरबदल अनपेक्षित : कांग्रेस


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कांग्रेसले सत्ता गठबन्धन फेरबदल अनपेक्षित भएको निष्कर्ष निकालेको छ ।

सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सहज रुपमा सरकार चलिरहदा प्रधानमन्त्रीबाट भएको सत्तागठबन्धन फेरबदलको घटना अनपेक्षित भएको निष्कर्ष निकालेको हो ।

यस बिषयमा मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनले निर्वाचनमा कसैको बहुमत नआएको अवस्थामा सहकार्यको राजनीति पर्याप्त रुपमा विकसित हुन नसकेकाले यस्तो घटना घट्ने गरेको बताए । गठबन्धनलाई चलाउने सन्दर्भमा परिपक्वता नदेखिएको उनको भनाइ छ ।

शर्माले मन्त्रीहरुबाट असहयोग गरेको प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा कांग्रेसलाई जानकारी नभएको बताए । प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका बारेमा पनि केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : ०९ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि