सत्ता गठबन्धन फेरबदल अनपेक्षित : कांग्रेस « Khabarhub

सत्ता गठबन्धन फेरबदल अनपेक्षित : कांग्रेस


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कांग्रेसले सत्ता गठबन्धन फेरबदल अनपेक्षित भएको निष्कर्ष निकालेको छ ।

सोमबार कांग्रेस सभापति शेर बहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सहज रुपमा सरकार चलिरहदा प्रधानमन्त्रीबाट भएको सत्तागठबन्धन फेरबदलको घटना अनपेक्षित भएको निष्कर्ष निकालेको हो ।

यस बिषयमा मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने र आवश्यक निर्णय गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । उनले निर्वाचनमा कसैको बहुमत नआएको अवस्थामा सहकार्यको राजनीति पर्याप्त रुपमा विकसित हुन नसकेकाले यस्तो घटना घट्ने गरेको बताए । गठबन्धनलाई चलाउने सन्दर्भमा परिपक्वता नदेखिएको उनको भनाइ छ ।

शर्माले मन्त्रीहरुबाट असहयोग गरेको प्रधानमन्त्रीको अभिव्यक्तिको बारेमा कांग्रेसलाई जानकारी नभएको बताए । प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका बारेमा पनि केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  २ : ०९ बजे

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका

प्रभावित क्षेत्र पुगेर फर्किएपछि प्रधानमन्त्रीले भने : सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नुवाकोट पुगेर बाढीपहिरो प्रभावित