कम्प्युटर ल्यापटप तात्ने समस्याको समाधान कसरी गर्ने ? « Khabarhub

कम्प्युटर ल्यापटप तात्ने समस्याको समाधान कसरी गर्ने ?


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मोबाइल, ट्याब्लेट र ल्यापटपलगायतमा देखिने विभिन्न समस्यामध्ये यी उपकरणहरू चाँडै तात्नु पहिलो समस्या हो भन्दा पनि फरक नपर्ला  ।

कम्प्युटर धेरै तातेर काम गर्नु राम्रो होइन । कतिपय अवस्थामा त ल्यापटप वा कम्प्युटर तातेर बन्द सम्म हुने गर्छ । कम्प्युटरमा तात्ने समस्याले अनपेक्षित सट डाउन, डाटा गायब हुने र हार्डवेयरमा क्षति हुनसक्छ ।

 तातेको कम्प्युटर चिसो बनाउन यस्ता उपायहरू अपनाउन सकिन्छ । 

– कम्प्युटर ओभर हिटिङ रोक्नका लागि एयरफ्लोमा कुनै पनि बाधा आउन दिनु हुँदैन ।

– धेरैको बानी  हुन्छ कि घाममा राखेर काम गर्ने कम्प्युटरलाई प्रत्यक्ष सूर्यको प्रकाशमा सकेसम्म नराख्दा राम्रो हुन्छ ।

– समय समयमा आफ्नो कम्प्युटर सफा गर्ने ।

– कम्प्युटरको सिपियुमा अधिक भार दिने एपहरु सकेसम्म नचलाउँदा राम्रो हुन्छ ।

– भरपर्दो तथा विश्वासिलो कुलिङ डिभाइस को प्रयोग गर्ने

–   ल्यापटप तात्नुको मुख्य कारण डेक्स्टपमा चलिरहेका एप्लिकेसनहरु हुन्छन् । त्यसैले  ल्यापटपबाट अनावश्यक एपहरू हटाउने गर्नु पर्छ ।

– चार्जमा जोडेर ल्यापटप चलाउँदा ओभर चार्जिङ भएर तात्ने सम्भावना हुन्छ । त्यसैले ल्यापटप पूरा चार्ज भएसँगै चार्जरलाई बाहिर निकाल्नुपर्दछ ।

– प्रायजसो ल्यापटपले कुलिङका लागि तलपट्टिबाट हावा लिने गर्दछन् । काखमा राखेर लामो समयसम्म ल्यापटप चलाउँदा गर्दा कुलिङ फ्यानमा राम्रोसँग हावा ओहोर दोहोर गर्न पाउँदैन ।

–   ल्यापटप फ्यानहरू सफा राख्नुहोस् ।

–   आफ्नो ल्यापटप ओभरवर्क नगर्नुहोस्  ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ४८ बजे

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर– अङ्ग्रेजी नयाँ वर्ष–२०२६ आजदेखि सुरु भएको छ । नयाँ

टी-२० विश्वकप : अफगानिस्तानको कप्तान राशिद, को को छन् १५ खेलाडी ?

काठमाडौं – अफगानिस्तान क्रिकेट बोर्डले आईसीसी पुरुष टी-२० विश्वकप २०२६

मन्त्री खरेलबाट ज्यापू सङ्ग्रहालयको अवलोकन

ललितपुर– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ललितपुरस्थित ज्यापु सङ्ग्रहालयको

मुस्ताङमा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतले वृद्धि

मुस्ताङ– धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च