प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा अस्थिरताको अर्को श्रृङ्खला थपियो : सांसद पौडेल « Khabarhub

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा अस्थिरताको अर्को श्रृङ्खला थपियो : सांसद पौडेल


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिक इतिहासमा अस्थिरताको अर्को श्रृङ्खला थपेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता पौडेलले अहिले फेरिएको गठबन्धनले अस्थिरताको अर्को श्रृङ्खला थपेको भन्दै यसको नेतृत्व स्वयं प्रचण्डले गरेको टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘अहिले फेरिएको गठबन्धनले नेपाली राजनीतिक इतिहासमा अस्थिरताको अर्को शृंखला थपेको छ । जसको नेतृत्व स्वयं प्रधानमन्त्रीले गरेका छन् ।’

नेता पौडेलले यस्ता घटना र नेतृत्वकर्ताको व्यवहारले लामो समयदेखि नेपाली नागरिकले खोजेको राजनीतिक स्थिरता र विकासको स्वाद अझै केही समय पाउन नसक्ने प्रष्ट संकेत देखिएको उनको भनाइ छ । उनले कुनै व्यक्ति, पात्र वा पार्टी, कसले के पाए वा गुमाए भन्दा जटिल र गहन सवाल देशले के पायो भन्ने रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ४६ बजे

विश्वकप फुटबल : पहिलो हाफमा उरुग्वेविरुद्ध स्पेनलाई १–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह एच को अन्तिम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको

यी भूभागमा वर्षाको सम्भावना, कोशी प्रदेशमा ठूलो पानी पर्नसक्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इराकविरुद्ध सेनेगल ५–० गोलले विजयी, नकआउट चरणको सम्भावना जीवितै

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा

डेम्बेलेको ह्याट्रिकसँगै फ्रान्स समूह ‘आई’ को विजेता, नर्वे ४–१ गोलले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा समूह आई को फ्रान्सले नर्वेमाथि सानदार