३२ सिटे माओवादीको सत्तामा रजगज, काँध हाल्न कांग्रेस–एमालेको होड | Khabarhub Khabarhub

३२ सिटे माओवादीको सत्तामा रजगज, काँध हाल्न कांग्रेस–एमालेको होड



काठमाडौं- हरेक सङ्कटमा माओवादीले नै देशको नेतृत्व गरिरहेको छ । त्यो जिम्मा मलाई नै जुरेको हुन्छ ।
मान्छेहरू मलाई अस्थिर देख्छन्, तर म आफूलाई गतिशील मान्छु ।
म हुन्जेल राजनीतिमा उथलपुथल भइरहन्छ ।
माओवादी जमेको पोखरी जसरी बस्ने होइन, गडगडाउने नदी जस्तो हो ।

यी सबै भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका हुन् ।

दाहाल हाल ३२ सिट सहित प्रतिनिधिसभामा छन । तर उनले देशको पहिलो शक्ति ८८ सिटको कांग्रेस र ७७ सिटको एमालेलाई फन्फनी घुमाइरहेका छन । उनी प्रधानमन्त्री भएको २०७९ पुस १० गते हो । तर, उनी यो १४ महिनायता तीन वटा गठबन्धनमा ३२ सिटको हैसियतसहित सरकारको नेतृत्व गरिरहेका छन् ।

२०७९ पुस ११ गते एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसहितको गठबन्धनबाट विश्वासको मत लिएर सरकारमा गएका थिए । त्यो बेला कांग्रेस प्रतिपक्षमा थियो । तर, पुस २६ मा प्रधानमन्त्रीलाई विश्वासको मते कांग्रेसले पनि दिएको थियो । २६ पुसमा विश्वासको मत दिएको ७८ सिटको एमाले र १४ सिटको राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने निर्णय गरेका थिए ।

एमालेले त्यो बेला सरकार छाड्नुको कारण १३ फागुनमा राष्ट्रपतिमा आफ्नो गठबन्धनबाट एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई नसघाएर नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेपछि एमालेले समर्थनसमेत फिर्ता लिएर सरकार छोडेको थियो ।

राप्रपाले पनि समर्थनसहित सरकार छोडेको थियो भने नयाँ दलका रूपमा आएको रास्वपाले पनि समर्थन कायम राख्दै सरकार छोडेको थियो । सायद प्रचण्डको चञ्चलता वा द्वैध चरित्र देखेर नै उनीहरूले सहकार्य तोडेका हुन् भन्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।

निर्वाचनअघिको ५ दलीय गठबन्धन तोड्दै ९ पुसमा एमालेलाई साथ लिएर ७ दलीय गठबन्धन बनाएका प्रचण्डले दुई महिना नपुग्दै फेरि एमालेसहितका ६ दललाई धोका दिएर १३ फागुनमा ८ दलीय गठबन्धन निर्माण गर्न पुगेका थिए । यो गठबन्धन राष्ट्रपतिको निर्वाचन फागुन २५ सम्म आइपुग्दा १० दलीय बनेको थियो । उनले हाल दश दलको समर्थनमा सरकार चलाइरहेका थिए । तर मुख्य निर्णायक तहमा ७ दल र थप ४ दलको उनलाई साथ थियो ।

यता राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । यता सभामुखमा भने एमालेका देवराज घिमिरे छन् ।

पुसमा पाँच दलीय गठबन्धन तोड्दा कांग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायतले प्रचण्डले धोका दिएको सार्वजनिक अभिव्यक्ति दिइरहेका थिए । तर, १३ फागुनपछि एमालेले प्रचण्डलाई धोकेबाजको बिल्ला भिराइरहेको थियो ।

अहिले प्रचण्डलाई कांग्रेस नेताले अस्थिर र सत्ता लिप्सा भनिरहेका छन् । कांग्रेस प्रवक्ता मीन विश्वकर्माले भने, ‘उहाँको कुरामा ढुक्क हुने केही अप्सन नै छैन । चरित्र अस्पष्ट छ ।’

प्रचण्डको तागत कति ?

नयाँ बन्ने गठबन्धनमा हालसम्ममा हाल प्रचण्डको पक्षमा चार दलको १ सय ४२ मत रहेको देखिन्छ । नेकपा एमाले ७७, माओवादी ३२, रास्वपा २१ र जसपा १२ गरेर १ सय ४२ मत सरासर हेर्दा प्रचण्डको पक्षमा छ ।

यस्तै, एकीकृत समाजवादीको १० मत पनि प्रचण्डको पक्षमा रहने धेरैले आङ्कलन गरेका छन । यसो हुँदा उनको पक्षमा १ सय ५२ मत हुन्छ ।

यस्तै उनको विपक्षमा सरासर हेर्दा १ सय १७ मत देखिन्छ । जसमा नेपाली कांग्रेस ८८, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, लोसपा ४, नाउपा ३, जनमत ६ र अन्य साना दलको २ मत छ । यस्तै पाँच जना स्वतन्त्र उम्मेदवारले पनि कसलाई साथ दिन्छन, त्यसको स्पष्ट चित्र आएको छैन ।

नेकपा माओवादी केन्द्रका सचिव राम कार्की भने नयाँ सरकारमा एकीकृत समाजवादी पनि ल्याएर सहज वाम एकतासहितको सरकार बन्ने दावी गर्छन । उनी भन्छन, ‘कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिएर सुख छैन ।’

यता साना दल नाउपा र जनमतले भने आफू अहिले सरकारमा नजाने बताएका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ४७ बजे

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला

सन्दीप लामिछानेको मुद्दामा जोडेर चरित्र हत्या गर्न खोजियो : पारस खड्का

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले आफ्नो

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले