सरकारमा अरु दललाई पनि सामेल गराउन सत्ता गठबन्धन सहमत « Khabarhub

सरकारमा अरु दललाई पनि सामेल गराउन सत्ता गठबन्धन सहमत


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारमा अरु दललाई पनि सम्मिलित गराउन नयाँ सत्ता गठबन्धन सहमत भएको छ ।

नेकपा माओवादी केन्द्र नेतृत्वको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी जसपा नेपालले गठबन्धनप्रति सकारात्मक अन्य दललाई पनि नयाँ सरकारमा समावेश गर्न सहमत भएका हुन् ।

नेकपा माओवादी केन्द्रले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाइ पनि गठबन्धनमा समेट्ने निर्णय गरेपछि बसेको प्रमुख चार दलको बैठकले यस्तो सहमति गरेको हो । नयाँ गठबन्धनले नयाँ दललाई पनि सरकारमा समेट्ने सहमति गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

‘सुशासन, सामाजिक न्याय र समृद्धिको सम्माननीय प्रधानमन्त्रीज्यूको सङ्कल्प र नेपाल सरकारको मार्गचित्र कार्यान्वयन गर्न बनेको नयाँ गठबन्धनका चार दल यो गठबन्धनप्रति सकारात्मक दलहरूसङ्ग संवाद गर्दै अरु दललाई समेत सहभागी गराएर सरकारलाई पूर्णता दिने सहमतिमा पुगेका छन्,’ प्रधानमन्त्रीका स्वकिय सचिव मल्ले भने ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : २७ बजे

मोरक्को अफ्रिका कपको फाइनलमा : पेनाल्टी सुटआउटमा चुक्यो नाइजेरिया

काठमाडौं – मोरक्को अफ्रिका कप अफ नेसन्सको फाइनल प्रवेश गरेको

आजबाट गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ प्रदर्शनमा

काठमाडौं – माघ १ अर्थात् बिहीबारबाट तीन फिल्महरु ‘गोबर गणेश’,

चाडपर्वले सामाजकि सद्भाव सुदृढ बनाउँछ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले माघे सङ्क्रान्ति जस्ता चाडपर्वले आपसी मेलमिलाप,

रोमाञ्चक खेलमा चेल्सीविरुद्ध आर्सनको जित

काठमाडौं – कारबाओ कप सेमिफाइनलको पहिलो लेगमा आर्सनल विजयी भएको

जैविक स्रोतको संरक्षणमा आमनागरिक सचेत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैविक स्रोतको संरक्षण र दिगो उपयोगमा