राप्रपाले बोलायो बैठक | Khabarhub Khabarhub

राप्रपाले बोलायो बैठक


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही फागुन २६ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै विविध समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गरी भावी रणनीति निर्माण गर्न तथा सो पार्टीले आह्वान गरेको आन्दोलनको तयारीबारे छलफल गर्न सो बैठक बोलाइएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

यसअघि सरकारमा रहेको नेपाली कांग्रेससहितको सत्ता साझेदार दलमा परिवर्तन भएपछि मन्त्रिपरिषदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सहभागिता भएको छ ।

प्रधानमन्त्री दाहालले नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्री नियुक्त गरी नयाँ मन्त्रिमण्डल निर्माण गरेका हुन् ।  विकसित यही राजनीतिक परिस्थितिका बारेमा छलफल गरी आगामी दिनका लागि आवश्यक रणनीति तय गर्न सो बैठक आह्वान गरिएको जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ६ : ४५ बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार