महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड « Khabarhub

महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक भएर लाग्नुपर्नेमा जोड दिएकी छन् ।

वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले महिला अधिकार संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् । उनले नेपालमा महिला अधिकार र महिला सशक्तीकरणमा उल्लेखनीय सुधार गर्नुपर्नेमा जोड दिइन्।

सामाजिक न्याय, महिला अधिकार र लैङ्गिक अधिकार, सामाजिक जागरण, सचेतना अभियानको परिणामस्वरुप महिला अधिकारको क्षेत्रमा उल्लेखनीय सुधार भएको उनले बताइन् ।

विसं २०६३ जेठ १३ गते पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चारबाट विधेक ल्याएर महिलाको अधिकार पूर्ण रुपमा सुनिश्चित गरेको बताइन् ।

यसैगरी, २०७२ सालमा बनेको देशको नयाँ संविधानले पनि महिलाको हक अधिकार सुनिश्चित बनाएको बताइन् । उनले प्रजननको हक र महिला स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता कायम गर्नेतर्फ पुरुषहरूले पनि गम्भीर भएर सहयोग गर्नुपर्ने बताइन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : ५३ बजे

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा

जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी

रुपन्देही- कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले माटोको उर्वराशक्ति जोगाउन

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण