महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड « Khabarhub

महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक भएर लाग्नुपर्नेमा जोड दिएकी छन् ।

वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय महिला सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले महिला अधिकार संरक्षणमा लाग्नुपर्ने बताएकी हुन् । उनले नेपालमा महिला अधिकार र महिला सशक्तीकरणमा उल्लेखनीय सुधार गर्नुपर्नेमा जोड दिइन्।

सामाजिक न्याय, महिला अधिकार र लैङ्गिक अधिकार, सामाजिक जागरण, सचेतना अभियानको परिणामस्वरुप महिला अधिकारको क्षेत्रमा उल्लेखनीय सुधार भएको उनले बताइन् ।

विसं २०६३ जेठ १३ गते पुनःस्थापित प्रतिनिधिसभाले महिलाका अधिकारसम्बन्धी चारबाट विधेक ल्याएर महिलाको अधिकार पूर्ण रुपमा सुनिश्चित गरेको बताइन् ।

यसैगरी, २०७२ सालमा बनेको देशको नयाँ संविधानले पनि महिलाको हक अधिकार सुनिश्चित बनाएको बताइन् । उनले प्रजननको हक र महिला स्वास्थ्य, शिक्षा, लैङ्गिक समानता कायम गर्नेतर्फ पुरुषहरूले पनि गम्भीर भएर सहयोग गर्नुपर्ने बताइन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ८ : ५३ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण