भूकम्प प्रभावित क्षेत्रका महिला र बालबालिका समस्यामा « Khabarhub

भूकम्प प्रभावित क्षेत्रका महिला र बालबालिका समस्यामा


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

जाजरकोट – भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुम पश्चिम र सल्यानमा महिला तथा बालबालिकामा कुपोषणको समस्या देखिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तीन महिना सञ्चालन गरिएको स्वास्थ्य शिविरका क्रममा महिला र बालबालिकामा उक्त समस्या देखिएको हो ।

मङ्सिरदेखि माघसम्म सञ्चालन भएको विपतको समयमा प्रजनन् स्वास्थ्य सेवामा न्यूनतम आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत जाजरकोट र रुकुमपश्चिममा ४६ स्वास्थ्य शिविर सञ्चालन गरिएका थिए ।

शिविरमा सेवा लिन आएका महिला र बालबालिकाले पर्याप्त मात्रामा पोषिलो खानेकुरा खान नपाउँदा कुपोषणको जोखिम रहेको नेपाल परिवार नियोजन सङ्घले जनाएको छ । तीन महिनाको अवधिमा शिविरमा सात हजार तीन सयभन्दा बढी भूकम्प प्रभावितलाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सेवा लिनेमा पुरुष नौ सय ४४ र महिला ६ हजार तीन सय ५५ छन् ।

शिविरमा चार हजार एक सय नौ महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको थियो । जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका र कुसे गाउँपालिका तथा रुकुमपश्चिमको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा शिविर सञ्चालन गरिएको थियो ।

प्रभावित जिल्लामा बाह्रैमास खान नपुग्ने, भूकम्पपछि खान र बस्न समस्या, सन्तुलित खानाको अभावलगायत कारणले महिला र बालबालिकामा कुपोषणको समस्या देखिएको हो । जाजरकोटको कुशे र बारेकोटका महिला तथा बालबालिकामा कुपोषणको समस्या बढी देखिएको छ । ती ठाउँमा परिवार नियोजनको साधन प्रयोग गर्ने ज्ञानको कमी रहेको पाइएको छ ।

नलगाड नगरपालिकाका नगरप्रमुख डम्वर रावतले पालिकामा अझैँ स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने बताउनुभयो । उत्पादन हुने क्षेत्रमा घर, टहरा निर्माण गरिँदा खाद्यान्नको समस्या छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालयसमेत चामलको अभाव रहेको उनले बताए ।

बारेकोटमा पनि नलगाडकै जस्तै समस्या रहेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । आठबीसकोटका नगरप्रमुख रवी केसीले विपतमा सबैले एकजुट भएर काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ९ : १४ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले