चितवनमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु « Khabarhub

चितवनमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

चितवन । चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् ।

आज साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

बसले बालकलाई सडकको जेब्राक्रसमै ठक्कर दिएको थियो । प्रहरीले बस र बस चालक माडी नगरपालिका–८ बस्ने ४१ वर्षीय विकास सार्कीलाई नियन्त्रणमा लिएको छ ।

बसमा सवार भरतपुर–७ की २१ वर्षीय कोपिला राईको बायाँ हातमा भित्रि चोट लागेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १० : ४१ बजे

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

बागलुङ– कुनै सडक कालोपत्र गर्न कति वर्ष लाग्ला ?  सहजै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको