इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा « Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनल शीर्षस्थानमा


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । गएराति भएको खेलमा लुटन टाउनलाई २–० गोलले हराउँदै आर्सनलले जित निकालेको हो ।

आर्सनलका लागि मार्टिन ओडेगार्डले एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । ओडेगार्डले खेलको २४औँ मिनेटमा सुरुवाती गोल गरेका थिए ।

यता, लुटन टाउनका डेकी हाशिओकाले खेलको ४४औँ मिनेटमा आफ्नै पोष्टमा बल छिराएपछि आर्सनल २–० ले विजयी भयो ।

यो जितसँगै आर्सनल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले ३० खेलबाट ६८ अंक जोडेको छ । एक खेल कम खेलेको लिभरपुल ६७ अंकसहित दोस्रो स्थानमा छ ।

३१ खेल खेलेको लुटन टाउन २२ अंकका साथ १८औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ६ : ५६ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन