विराट गोल्डकप : साङ्ग्रिला क्लब फाइनलमा « Khabarhub

विराट गोल्डकप : साङ्ग्रिला क्लब फाइनलमा


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मोरङ– विभागीय टोली एपीएफलाई ४–३ गोल अन्तरले हराउँदै साङ्ग्रिला फुटबल क्लब मोरङ ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

गएराति शहीद रङ्गशालामा भएको पहिलो सेमिफाइनल खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा भएको खेलमा हारजितको टुङ्गो नलागेपछि टाइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा पनि दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि सडनडेथबाट निर्णय भएको हो ।

साङ्ग्रिला क्लबका विशाल सुनार, आशिष चापागाईं, उमेश कार्की र किरण राईले गरेका प्रहार गोलमा परिणत भएको थियो ।

एपीएफका अनिश महर्जन, सुमन श्रेष्ठ र विश्वास उदास गोल गर्न सफल भएका थिए भने दिपेश धिमाल र कुलदीप कार्की गोल गर्न चुकेका थिए ।

साङ्ग्रिला क्लबका गोलरक्षक विशाल सुनारले उनीहरूका प्रहार रोकेर आफ्नो टोलीलाई जिताएका हुन् । उनी प्लेयर अफ द म्याच घोषित भएर नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

आज काठमाडौँको मच्छिद्र फुटबल क्लब र सिक्किमको ड्रागन फुटबल क्लबबीच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ७ : १२ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण