म्याग्दीमा १६ किलोमिटर सडक कालोपत्र हुँदै « Khabarhub

म्याग्दीमा १६ किलोमिटर सडक कालोपत्र हुँदै


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– म्याग्दीमा  चालु आर्थिक वर्षमा १६  किलोमिटर सडक कालोपत्रका लागि तयारी भइरहेको छ । 

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले सञ्चालन गरेका बहुवर्षीय र सालबसाली आयोजनामार्फत १६ दशमलव दुई किलोमिटर सडक कालोपत्र-आरसिसीपीसीसी ढलान गर्न लागेको हो ।

यसैक्रममा आज पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नं ६ उपल्लो दरबाङको जनप्रिय टोलबाट शान्ति टोलसम्मको पाँच सय मिटर सडक कालोपत्र भइरहेको छ । त्यसैगरी बुधबार बेनी नगरपालिका–४ सिङ्गाको पौडेलचोकबाट वडा कार्यालयसम्म जोड्ने सडक कालोपत्र गरिएको थियो । 

दरबाङको सडक कालोपत्र गर्ने ठेक्का लिएको सक्षम ब्रदर्स निर्माण कम्पनीले आजदेखि कालोपत्रको काम सुरु गरेको कम्पनीका सञ्चालक मनोज कार्कीले जानकारी दिए। उनका अनुसार नालीसहित छ सय मिटर सडक कालोपत्र गर्न कम्पनीले भ्याटबाहेक रु ५० लाखमा जिम्मा लिएको हो ।

त्यसैगरी जिल्लाका अन्य ठाउँका सडक पनि कालोपत्र भइरहेका पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले छ किलोमिटर ग्राभेल, १० किलोमिटर नयाँ मार्ग खोल्ने, १५ किलोमिटर सडक विस्तार र चार किलोमिटर नाली निर्माण, १० हजार घनमिटर टेवा पर्खाल निर्माण गर्न आयोजना सञ्चालन भएको जानकारी दिए।

उहाँका अनुसार सडक निर्माण, स्तरोन्नति, कालोपत्र, झोलुङ्गे र सडक पुलसम्बन्धी नयाँ ७० योजना रहेकामा ११ योजना बहुवर्षीयका लागि स्रोत सुनिश्चितता गर्न सिफारिस भएकामा चार ठेक्का मूल्याङ्कनको चरणमा रहेका छन् । 

सालबसाली २३ योजनाको ठेक्का र १३ उपभोक्ता समितिमार्फत कार्यान्वयन भइसकेका छन् । सातवटा सालबसाली योजना सम्पन्न भइसकेका छन् । चार योजनाको ठेक्का सम्झौताको तयारी भएको छ । यसअघि ठेक्का सम्झौता भएका १३ आयोजना चालु रहेका छन् ।

चालु आर्थिक वर्षमा कुल रु ७१ करोड ३७ लाख बजेट विनियोजन गरिएको कार्यालयले फागुन मसान्तसम्म रु आठ करोड ९३ लाख ४३ हजार अर्थात् १२ दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको छ । गत आवमा १३ दशमलव २८ किलोमिटर पक्की सडक, सात दशमलव दुई किलोमिटर ग्राभेल, २३ किमी दुई सय ७५ मिटर सडक निर्माण भएको थियो ।

यस वर्ष पाँच दशमलव छ किलोमिटर दूरीको गलेश्वर–पिपले–भगवती सडक कालोपत्र र दरवाङ–धारापानी सडकको छ किलोमिटर छ सय मिटर ग्राभेल सकिएको छ । बेनी–दरवाङ सडकको सिम–लाम्पाटा खण्ड र लाम्पाटा–ढाडखर्क खण्डमा करिब नौ किलोमिटर कालोपत्र गर्ने तयारी भएको छ ।

रु २० करोड लागत अनुमान गरिएको बेनी–पाखापानी, रु २५ करोड लागत अनुमान गरिएको धारापानी–ताकम–शिवाङ कालोपत्र गर्न आह्वान गरिएको ठेक्का प्रस्ताव मूल्यांकनको चरणमा छ । बेनी–भकिम्ली, अदिभारा–डाडागाउँपखेर–बरंजा सडक स्तरोन्नतिका लागि १०-१० करोड बजेटको आयोजनाको ठेक्का आह्वान गरिएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ३ : ०४ बजे

बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू) 

काठमाडौं– बारामा नगदे बालीका रूपमा रहेको उखु बिक्रीको सिजन सुरु

पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते

वासिङ्टन– पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीको आशंकामा लक्षित एक डुंगामाथि

दार्चुलामा प्रहरी हवल्दारको हत्या : दुई युवतीसहित तीनजना पक्राउ

दार्चुला– दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या आशंकामा तीनजना

दार्चुलामा प्रहरी हवल्दार मृत भेटिए, दुई जना पक्राउ

 दार्चुला – दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका

प्रचण्डको दाबी : जितेकै ठाउँमा रास्वपा ओरालो लाग्दैछ, अब स्टन्ट र भ्रमले चल्दैन

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल