दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते « Khabarhub

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गरी श्रीमती र दुई छोराछोरीको हत्या गरेका छन् भने अर्का एक छोरा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको टाउकोमा प्रहार गरेका थिए ।

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीया श्रीमती मनिसा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, छ वर्षीय छोरा मिलन र तीन वर्षीया छोरी करिस्मालाई उपचारका लागि एम्बुलेन्समार्फत दुल्लुस्थित नगर अस्पताल लगिएको थियो । अस्पतालमा चिकित्सकले परीक्षण गर्दा तपेन्द्र र करिस्मालाई बिहान ११ः१० बजे मृत घोषणा गरेका थिए ।

मनिसालाई थप उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पठाइएकामा दिउँसो २ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । गम्भीर घाइते मिलनको उपचार भइरहेको छ । घटनास्थल प्रहरी चौकी हाँडाकोटबाट करिब तीन किलोमिटर टाढा पर्छ ।

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनामा संलग्न अम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी रोकायले जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ६ : २१ बजे

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार

लुम्बिनीले गुमायो पाचौँ विकेट, सन्दीप जोरा आउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

लुम्बिनीले गुमायो चौथो विकेट, कप्तान रोहित पौडेल रनआउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

एनपीएल फाइनल : लुम्बिनीले गुमायो तेस्रो विकेट, रत्नायकेको बलमा डिकवेला आउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

कमला पुल सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुरधाम- सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल