सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ह्वीप  « Khabarhub

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ह्वीप 


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

आज बसेको माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको प्रदेश सभाका एक सदस्यले जानकारी दिए ।

मुख्यमन्त्री शाहले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

 सुदूरपश्चिम सरकारबाट माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका छन् । 

नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात, राप्रपाका एक र एक स्वतन्त्र दलको समर्थन जुटाएर विश्वासको मत पाउने दाउमा मुख्यमन्त्री रहेका छन् । तर, विवादका कारण हाल नागरिक उन्मुक्ती दुई भागमा विभाजन भएकाले मत पनि विभाजित हुने देखिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ३ : ३२ बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय