गठबन्धनका नाममा हुने खेलले मुलुक अस्थिरतामा गयो : नेता कोइराला  « Khabarhub

गठबन्धनका नाममा हुने खेलले मुलुक अस्थिरतामा गयो : नेता कोइराला 


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनका नाममा हुने खेलका कारण मुलुक अस्थिरतामा गएको बताएका छन् ।

उनले अब निर्वाचन प्रणाली संशोधन गरी मुलुकमा स्थिर सरकार दिन आवश्यक रहेकोमा जोड दिए ।

मोरङ उद्योग व्यापार संघको ६७ औ वार्षिक साधारण सभालाई बिहीबार विराटनगरमा सम्बोधन गदै नेता कोइरालाले भने, ‘मुलुकमा देखिएको विद्यमान राजनीति समस्याका मुख्य कारण निर्वाचन प्रणाली हो । देश विकासका लागि स्थिर सरकार आवश्यक छ त्यसका लागि निर्वाचन प्रणाली संशोधन अपरिहार्य छ ।’

उनले निर्वाचन प्रणाली संशोधनका लागि आवश्यक दुई तिहाइ नेपाली कांगेस र नेकपा एमाले मिलेको खण्डमा मात्र सम्भव हुने भएकाले यी दुई पार्टी एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

उनले जबसम्म मुलुकमा राजनीतिक स्थिरता नभएसम्म आर्थिक विकास हुन नसक्ने बताए । नेता कोइरालाले भने, ‘राजनीति स्थिरता र आर्थिक विकास दिनका निम्ति नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिन आवश्यक छ। अनि मात्र मुलुकले विकासको गति पक्रिन्छ ।’

उनले गठबन्धनको नाममा अहिले देशलाई अस्थिर बनाउने दिशातर्फ धकेल्ने काम भइरहेको टिप्पणी गरे ।

याे पनि : 

राजनैतिक स्थिरताका लागि कांग्रेस-एमाले मिल्नुको विकल्प छैन : नेता कोइराला

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ४ : ३७ बजे

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग