गठबन्धनका नाममा हुने खेलले मुलुक अस्थिरतामा गयो : नेता कोइराला  « Khabarhub

गठबन्धनका नाममा हुने खेलले मुलुक अस्थिरतामा गयो : नेता कोइराला 


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनका नाममा हुने खेलका कारण मुलुक अस्थिरतामा गएको बताएका छन् ।

उनले अब निर्वाचन प्रणाली संशोधन गरी मुलुकमा स्थिर सरकार दिन आवश्यक रहेकोमा जोड दिए ।

मोरङ उद्योग व्यापार संघको ६७ औ वार्षिक साधारण सभालाई बिहीबार विराटनगरमा सम्बोधन गदै नेता कोइरालाले भने, ‘मुलुकमा देखिएको विद्यमान राजनीति समस्याका मुख्य कारण निर्वाचन प्रणाली हो । देश विकासका लागि स्थिर सरकार आवश्यक छ त्यसका लागि निर्वाचन प्रणाली संशोधन अपरिहार्य छ ।’

उनले निर्वाचन प्रणाली संशोधनका लागि आवश्यक दुई तिहाइ नेपाली कांगेस र नेकपा एमाले मिलेको खण्डमा मात्र सम्भव हुने भएकाले यी दुई पार्टी एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

उनले जबसम्म मुलुकमा राजनीतिक स्थिरता नभएसम्म आर्थिक विकास हुन नसक्ने बताए । नेता कोइरालाले भने, ‘राजनीति स्थिरता र आर्थिक विकास दिनका निम्ति नेपाली कांग्रेस र एमाले एक ठाउँमा उभिन आवश्यक छ। अनि मात्र मुलुकले विकासको गति पक्रिन्छ ।’

उनले गठबन्धनको नाममा अहिले देशलाई अस्थिर बनाउने दिशातर्फ धकेल्ने काम भइरहेको टिप्पणी गरे ।

याे पनि : 

राजनैतिक स्थिरताका लागि कांग्रेस-एमाले मिल्नुको विकल्प छैन : नेता कोइराला

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ४ : ३७ बजे

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रद्वारा रक्तदान अभियान सम्पन्न, ८ हजार ६९४ पिन्ट रगत संकलन

काठमाडौं– ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालद्वारा आयोजित देशव्यापी बृहत् रक्तदान

भोटेकोशी बाढी : हालसम्म २५८ जनाको शव फेला

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म २५८ जनाको

नेपालको बाढीपछि भारतीय विदेशमन्त्री निरन्तर सक्रिय

काठमाडौं- भारतका विदेशमन्त्री एस जयशंकरले नेपालमा आएको विनाशकारी बाढीपहिरोबारे उच्चस्तरीय

विदुर पुगेर प्रधानमन्त्री शाहले भने- राहत र पुनर्स्थापना तीव्र पार्नू

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर

उपप्रधानमन्त्रीपछि चीनका प्रधानमन्त्री पनि आइपुगे बाढी प्रभावित क्षेत्र केरूङ

काठमाडौं- चीनका प्रधानमन्त्री लि छियाङ बाढीपहिरोबाट प्रभावित चीनको स्वायत्त क्षेत्र