चितवन राष्ट्रिय निकुञ्जमा ५३ वन्यजन्तु मरे « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा ५३ वन्यजन्तु मरे


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नवलपुर– चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिङ्गे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको जानकारी दिए। 

उनका अनुसार यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा १९ एकसिङ्गे गैँडा मरेका जनाउँदै तिवारीले प्राकृतिक कारणले १५, चोरीसिकारीबाट दुई, सम्भावित चोरीसिकारीबाट एक तथा अन्य कारणले एउटा गैँडाको मरेको जानकारी दिए। 

त्यस्तै यस अवधिमा पाँच हात्ती, तीन पाटेबाघ, तीन जरायो, तीन रतुवा, दुई गोही, एउटा बँदेल र एउटा अन्य वन्यजन्तु मरेको तिवारीको भनाइ छ ।  निकुञ्जले यस वर्ष विभिन्न स्थानबाट एक सय ६३ वन्यजन्तुको उद्धार गरेको सूचना अधिकारी तिवारीले बताए ।

निकुञ्जले उद्धार गरेका वन्यजन्तुमध्ये सबैभन्दा बढी ६४ अजिङ्गर, ५१ सर्प, छ पाटेबाघ, तीन एकसिङ्गे गैँडासहितका जनावर रहेको तिवारीले जानकारी दिए। 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ५ : ३२ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली