राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी : माधव नेपाल « Khabarhub

राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहन जरुरी : माधव नेपाल


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । 

काठमाडौँमा आज आयोजित ‘रौतहट टाइम्स साप्ताहिक’को २६औँ वार्षिकोत्सवमा सहभागी अध्यक्ष नेपालले कुशल कर्मचारी निर्माणमा राज्यको दायित्व प्रमुख हुने बताए। गलत गर्ने कर्मचारीलाई सजाय र इमानदार कर्मचारीलाई प्रोत्साहन दिनु आवश्यक रहेको उनको भनाइ थियो । 

‘देश भ्रष्टाचारले ग्रस्त बन्दैछ’, अध्यक्ष नेपालले भने, ‘यसमा राज्य प्रशासनकै कमजोरी छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष अर्थतन्त्र उकास्ने खालका नीति ल्याउन पटक–पटक छलफल गर्दैआएको उनले जिकिर गरे । 

कार्यक्रममा पूर्वमन्त्री वंशीधर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरे, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, रौतहट गौर नगरपालिकाका अध्यक्ष शम्भु साह, रौतहट टाइम्स साप्ताहिकका सम्पादक गोविन्दप्रसाद चौलागाईँलगायतले आ–आफ्नो धारणा राखे ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ७ : ५७ बजे

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क– शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर हटाउनु

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु