नेपाल र वेस्ट इन्डिज ‘ए’ सिरिजको अन्तिम खेल खेल्दै « Khabarhub

नेपाल र वेस्ट इन्डिज ‘ए’ सिरिजको अन्तिम खेल खेल्दै


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


612
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगाडि गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिज चार खेल खेल्दा ३–१ ले गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल शनिबार दिउँसो सवा १२ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गर्दै यसअघि नै पाँच खेलको सिरिज जितिसकेको छ।

चौथो खेलमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा अल आउट हुँदै १८१ रनमा समेटिएको थियो। पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल त्यसपछि लगातार तीन खेलमा पराजित भएको हो। दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनको लज्जास्पद हार खान बाध्य भएको हो।

पाँच खेलको सिरिज गुमाए पनि नेपालका कप्तान रोहितकुमार पौडेलको प्रदर्शन भने शानदार रहयो। तीन खेल खेलेका उनले एक शतक र दुई अर्धशतक बनाएका छन्। पहिलो खेलमा शतक प्रहार गरेका पौडेलले दोस्रो र चौथो खेलमा अर्धशतक बनाएका हुन्।

पहिलो खेलमा ५४ बलमा १० चौका र ६ छक्का प्रहार गर्दै पौडेलले ११२ रनको कप्तानी पारी खेलेका थिए। दोस्रो खेलमा नटआउट ४८ बल खेल्दै ६ चौका र २ छक्काको मद्दतमा ७१ रन बनाए।

तेस्रो खेलमा आराम पाएका कप्तान पौडेलले चौथो खेलमा ४७ बलमा ७ चौका र ५ छक्काको मद्दतमा ८२ रन बनाए। तीन खेल मात्र खेलेका कप्तान पौडेलले सिरिजकै सर्वाधिक २६५ रन बनाएका छन्।

सिरिज गुमाइसकेको नेपाल घरेलु मैदानमा शनिबार सान्त्वना जितको लक्ष्यका साथ मैदानमा हुनेछ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ६ : ४६ बजे

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठमाडौं–  परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो

सुजनले चौथोपटक छेडे जिब्रो

काठमाडौं– भक्तपुरको मध्यपुरथिमिस्थीत बोडेमा जिब्रो छेड्ने जात्रा बुधबार मनाइएको छ

कांग्रेस नेता खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व उर्जा मन्त्री दीपक खड्कालाई

लेबनान संकटप्रति १० देशद्वारा चिन्ता व्यक्त, सहायताकर्मीको सुरक्षामा जोड

एजेन्सी– अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, कोलम्बिया, इन्डोनेसिया, जापान, जोर्डन, सिएरा लियोन,

नेप्से परिसूचक ३३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अंकले