कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी « Khabarhub

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको छ । प्रशिक्षणको  कांग्रेस केन्द्रीय उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले शुक्रबार उद्घाटन गरे ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले पछिल्लो राजनीति घटनाक्रम र भरखरै सम्पन्न उपनिर्वाचनको नतिजा हेर्दा कांग्रेस अब पुरानो शैलीमा चलेर नहुने बताए ।

कांग्रेसले तीनवटै तहको निर्वाचनमा सफलता हासिल गर्दै पहिलो पार्टी बने पनि पार्टी र जनप्रतिनिधिबीच सहकार्य हुन नसकेको बताए।

कांग्रेसले सयौँ राम्रा काम  गरेपनि सहिरूपमा प्रचार हुन् नसकेको उनको भनाइ थियो । उनले सधैँ कांग्रेसमा आन्तरिक विवाद हुँदा कार्यकर्ता निराश बन्दै गएको उल्लेख गर्दै अब नवीनतम योजना सहित धारिलो बन्नुपर्ने बताए।

कार्यक्रममा बागमती प्रदेशका सभापति इन्द्र बानियाँले कांग्रेस जनताको पार्टी भए पनि कांग्रेसले तल्लोतहको संगठन र मतदातालाई  सही सन्देश दिन नसकेको बताए।

कांग्रेस केन्द्रीय सदस्य जिपछिरीङ लामाले ब्यवस्था परिवर्तन गर्न काङ्ग्रेसको महत्वपूर्ण रहेको रहेको उल्लेख गर्दै व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था भने उस्तै रहेको बताए।

बागमती प्रदेशका १३ जिल्लाका कांग्रेस नेता तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू गरी ४ सय भन्दा बढीको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम आज साँझ सम्म चल्ने छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : ०६ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा