गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने « Khabarhub

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोगजनका लागि आइतबार दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले वैशाख १७ गते खारेज गरिदिएपछि अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

सर्वोच्चले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै रिट खारेज गरिदिएपछि विश्वासको मत लिने सवालमा बहुमतका लागि कति संख्या जरुरी हो भन्ने विषयमा पक्ष र विपक्षमा विभिन्न धारणाहरु आइरहेका छन् ।

६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई नेकपा एमाले २२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक स्वतन्त्र सांसद गरी ३१ जनाको समर्थन रहेको छ । यस्तै नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् ।

 

 

 

 

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : २८ बजे

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००

महिनावारी स्वास्थ्य शिक्षालाई नीतिगत प्रबन्ध गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा