गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने « Khabarhub

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोगजनका लागि आइतबार दिउँसो ३ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले वैशाख १७ गते खारेज गरिदिएपछि अधिकारीले विश्वासको मत लिन लागेका हुन् ।

सर्वोच्चले सभामुखबाहेक पनि खगराजको पक्षमा ३० जना रहेकाले बहुमत प्राप्त गर्न सक्ने व्याख्या गर्दै रिट खारेज गरिदिएपछि विश्वासको मत लिने सवालमा बहुमतका लागि कति संख्या जरुरी हो भन्ने विषयमा पक्ष र विपक्षमा विभिन्न धारणाहरु आइरहेका छन् ।

६० सदस्यीय प्रदेशसभामा अधिकारीलाई नेकपा एमाले २२, माओवादी केन्द्रका सभामुखसहित ८ र एक स्वतन्त्र सांसद गरी ३१ जनाको समर्थन रहेको छ । यस्तै नेपाली कांग्रेसका २७ र राप्रपाका २ जना सांसद छन् ।

 

 

 

 

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै