लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर) « Khabarhub

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)



तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय पर्यटनको आकर्षणको केन्द्र बनेको छ।

वसन्तपुर बजार नजिकै करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको चोःलुङ पार्क परम्परागत शैलीका घर, लिम्बु परम्परा झल्काउने गाडिएको ढुङ्गा, ढुङ्गा नै छापिएर बनाएको संरचना पक्कै पनि सुन्दर छन्।

घरमा मकै झुण्ड्याइएको छ, कुनै घरमा खरले छाइएको छ भने कतै झिगंटीको छानो लगाइएको छ। घरभित्र परम्परा झल्काउने सामाग्री सजाएर राखिएको छ। यो ठाउँ पुग्दा प्राचिनताको अनुभूती हुन्छ।

पार्कमा संरचना र राखिएका सामग्री मौलिकमात्र छैन, इतिहासका विभिन्न कालखण्डको स्मरण गराउने किसिमका छन्। मुन्धुममा आधारित संरचना र सामग्री भेटिन्छ। यो ठाउँ गुराँसको राजधानी भनेर प्रख्यात रहेको टिएमजे (तीनजुरे–मिल्के–जलजले) क्षेत्रको काखमा रहेको छ।

लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुरमा रहेको यो पार्क घुम्न आउनेको रोजाइमा पर्छ। यसले परम्पराको झल्को दिने तथा पुराना सामग्रीको पुनः स्मरण गराउने काम गरेको छ। लिम्बु जातिको आदिम संस्कृति र परम्परा झल्काउने संरचना बनाइएको छ। गुराँसको बगैँचामा रमाउन आइपुग्ने हजारौँ पर्यटक परम्परा झल्काउने पार्कमा समेत रमाउन थालेका छन्।

अध्ययन, अनुसन्धान गर्ने पनि बाक्लो गरी आउने गरेका छन्। तीनजुरे मिल्केमा २५ प्रजातिका गुराँस पाइने अनुसन्धानकर्ता कमल मादेन बताउँछन्।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : २३ बजे

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको

अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन

एजेन्सी– इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट