विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने « Khabarhub

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


627
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ ।

कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

गोठाटार फिडरअन्तर्गत गोठाटारको फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्मको क्षेत्रमा आइतबार विद्युत आपूर्ति रोकिने प्राधिकरणले जानकारी दिएको छ ।

सोमबार कालीमाटी र रिगमेन फिडर अन्तर्गत कुलेश्वर वितरण केन्द्रको सोल्टीमोडदेखि रवीभवनसम्म ३ घण्टा विद्युत प्रवाह हुने छैन ।

मंगलबार गोठाटार फिडर अन्तर्गत नै फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म लाइन काटिनेछ । बुधबार ताहाचल र चौमती फिडरमा पर्ने छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत कटौती हुनेछ ।

प्राधिकरणले बिहीबार गोठाटार फिडरअन्तर्गत नै तेजविनायक चोकदेखि मानटार चोकसम्म विद्युत प्रवाह रोक्नेछ । शुक्रबार मच्छेगाउँ फिडर अन्तर्गत ढाल्पाक चोकदेखि राराहिल चोकसम्म विद्युत कटौती हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको सूचना :

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : ३१ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल