युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने | Khabarhub Khabarhub

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता गर्न आफ्ना प्रतिनिधिलाई इजिप्टको राजधानी कायरो पठाउने भएको छ ।

इजरायलले युद्धविराम र बन्धक रिहाइ प्रस्ताव स्वीकार्न एक साताको समय दिएपछि हमासले वार्ता टोलीलाई शनिबार नै कायरो पठाउन लागेको हो । गाजामा युद्धविरामसँग जोडिएको वार्ता पुनः शुरु गर्न प्रतिनिधिमण्डललाई कायरो पठाउन लागिएको हमासले पुष्टि गरेको छ ।

इजरायलले ४० दिने युद्धविराम प्रस्ताव गरेको छ । साथै इजरायली बन्धक रिहाइ बदलामा आफ्नो नियन्त्रणमा रहेका प्यालेस्टाइनी बन्धकलाई रिहा गर्ने जनाएको छ । यो प्रस्ताव स्वीकार्न इजरायलले हमासलाई एक साता समय दिएको जनाएको थियो ।

अमेरिकी मिडियाहरूले हमासले यो प्रस्ताव स्वीकार नगरे इजरायलले पुनः गाजाको दक्षिणी शहर रफाहमा हमला गर्ने खबर सम्प्रेषण गरेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई सिध्याउन रफाहमा हमला गर्न जरुरी रहेको बताइरहेका छन् । रफाहमा हमला भए लाखौं प्यालेस्टाइनीहरूको ज्यान जाने आशंका छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा जल, जमिन र आकाश तीनै मोर्चाबाट हमला गरेका थिए । इजरायलको सीमावर्ती क्षेत्रभन्दा खासै भित्र पुग्न नसकेका लडाकूहरूले गरेको हमलामा करिब १२ सय जनाको ज्यान गएको थियो । इजरायलमा रहेका विभिन्न मुलुकका नागरिकलाई पनि हमासले बन्धक बनाएको थियो ।

लगत्तै हमासविरुद्ध गाजापट्टीमा जमिन र हवाई हमला थालेको इजरायलको आक्रमणमा हालसम्म ३५ हजारभन्दा धेरै प्यालेस्टाइनको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : ५६ बजे

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०