युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने « Khabarhub

युद्धविराम वार्ता गर्न हमासका प्रतिनिधि कायरो जाने


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – गाजापट्टीमा सक्रिय प्यालेस्टाइनी हमास समूहले इजरायलसँग युद्धविरामसम्बन्धी वार्ता गर्न आफ्ना प्रतिनिधिलाई इजिप्टको राजधानी कायरो पठाउने भएको छ ।

इजरायलले युद्धविराम र बन्धक रिहाइ प्रस्ताव स्वीकार्न एक साताको समय दिएपछि हमासले वार्ता टोलीलाई शनिबार नै कायरो पठाउन लागेको हो । गाजामा युद्धविरामसँग जोडिएको वार्ता पुनः शुरु गर्न प्रतिनिधिमण्डललाई कायरो पठाउन लागिएको हमासले पुष्टि गरेको छ ।

इजरायलले ४० दिने युद्धविराम प्रस्ताव गरेको छ । साथै इजरायली बन्धक रिहाइ बदलामा आफ्नो नियन्त्रणमा रहेका प्यालेस्टाइनी बन्धकलाई रिहा गर्ने जनाएको छ । यो प्रस्ताव स्वीकार्न इजरायलले हमासलाई एक साता समय दिएको जनाएको थियो ।

अमेरिकी मिडियाहरूले हमासले यो प्रस्ताव स्वीकार नगरे इजरायलले पुनः गाजाको दक्षिणी शहर रफाहमा हमला गर्ने खबर सम्प्रेषण गरेका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासलाई सिध्याउन रफाहमा हमला गर्न जरुरी रहेको बताइरहेका छन् । रफाहमा हमला भए लाखौं प्यालेस्टाइनीहरूको ज्यान जाने आशंका छ ।

सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा जल, जमिन र आकाश तीनै मोर्चाबाट हमला गरेका थिए । इजरायलको सीमावर्ती क्षेत्रभन्दा खासै भित्र पुग्न नसकेका लडाकूहरूले गरेको हमलामा करिब १२ सय जनाको ज्यान गएको थियो । इजरायलमा रहेका विभिन्न मुलुकका नागरिकलाई पनि हमासले बन्धक बनाएको थियो ।

लगत्तै हमासविरुद्ध गाजापट्टीमा जमिन र हवाई हमला थालेको इजरायलको आक्रमणमा हालसम्म ३५ हजारभन्दा धेरै प्यालेस्टाइनको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : ५६ बजे

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ

कास्की– मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जनालाई आइतबार प्रहरीले