राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान « Khabarhub

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक रक्तदान गरेका छन् ।

पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन उपत्यका विशेष कमिटीले आज काठमाडौँमा आयोजना गरेको रक्तदान कार्यक्रममा लिङ्देनले रक्तदान गरेका हुन् ।

अध्यक्ष लिङ्देनले हरेक तीन महिनामा रक्तदान गर्ने गरेका छन् । उनले आफूलाई रक्तदान जस्तो पवित्र कार्य गर्न पाउँदा सन्तोषको अनुभूति हुने गरेको बताए ।

उनले भने, ‘कोभिड भएका बखत चिकित्सकको सल्लाह अनुसार नै मनले चाहेर पनि केही समय रक्तदान गर्न पाइन, शरीर स्वस्थ भएपछि रक्तदान सुरु गरेको हुँ, आज मैले ८९औँ पटक रक्तदान गरेँ ।’

बिरामीलाई रगतको अभाव हुन नदिन रक्तदानलाई निरन्तरता दिनुपर्ने र राप्रपाको युवा सङ्गठनले समय समयमा यस्तो कार्य गर्ने गरेकोमा प्रशंसा समेत गरे ।

दलको भ्रातृ सङ्गठनले दलीय गतिविधिमा मात्रै होइन सिर्जनशील र रचनात्मक कार्यमा सहभागी हुँदै सामाजिक दायित्व निर्वाह गर्नुपर्नेमा समेत उनको जोड थियो ।

कार्यक्रममा ६३ जनाले रक्तदान गरेको सङ्गठनका उपत्यका विशेष कमिटीका अध्यक्ष सञ्जय कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १२ : ५८ बजे

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा