इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु | Khabarhub Khabarhub

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । बाढीले सडकहरू क्षतिग्रस्त भएको देशको विपद् एजेन्सीले जनाएको छ ।

इन्डोनेसियामा वर्षाको मौसममा लामो समयसम्म परेको वर्षाले केही क्षेत्रहरूमा बाढी आएकाले केही ठाउँमा समस्या बढेको छ ।

शुक्रबार दक्षिण सुलावेसीको लुवु रिजेन्सीमा पहिरो गएको इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले एक विज्ञप्तिमा बताए।  

दक्षिण सुलावेसी प्रान्तको लुवु रिजेन्सीमा बाढी र पहिरोका कारण १४ जना बासिन्दाको मृत्यु भएको उनले जानकारी दिए। पहिरोले करिब एक सयभन्दा बढी घर गम्भीर क्षतिग्रस्त भएको, ४२ वटा बगाएको तथा चार सडक र एक पुल क्षतिग्रस्त भएको एजेन्सीले जनाएको छ ।

करिब एक सयभन्दा बढी मानिसलाई मस्जिद तथा आफन्तको घरमा सारिएको बताउँदै अधिकारीहरूले एक हजार तीन सयभन्दा बढी परिवार प्रभावित भएको उल्लेख गरे।  

दक्षिण सुलावेसी प्रान्तको अर्को क्षेत्रमा शुक्रबार बाढीमा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको अब्दुलले अर्को विज्ञप्तिमा जनाए।  

मार्चमा सुमात्रा टापुमा आकस्मिक बाढी र पहिरोले कम्तीमा ३० जनाको ज्यान लियो भने अझै धेरै अझै बेपत्ता छन् । डिसेम्बरमा सुमात्राको टोबा ताल नजिकैको पहिरो र बाढीले दर्जनौँ घर बगाएको थियो भने एउटा होटल ध्वस्त हुँदा दुई जनाको मृत्यु भएको थियो ।

विशेषज्ञहरूका अनुसार इन्डोनेसियाले वर्षाको मौसममा प्रतिकूल मौसमी घटनाहरूको शृङ्खलाको सामना गरेको छ । यो जलवायु परिवर्तनले अझै धेरै बढिरहेको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : १८ बजे

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर

अर्घाखाँचीको सुपादेउरालीमा केबलकार निर्माण गरिने

अर्घाखाँची– अर्घाखाँचीको सुपादेउराली मन्दिरमा जानआउन केबलकार निर्माण गरिने भएको छ

पाँचखालवासीलाई बिरामी पर्दा निःशुल्क रगतको व्यवस्था

काभ्रेपलाञ्चोक– पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई बिरामी पर्दा निःशुल्क रगत उपलब्ध

स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

पर्सा– पर्सा प्रहरीले स्रोत नखुलेको २८ लाख २८ हजार हुण्डीको

बुकीपाटन पुग्न पदमार्ग र काठेपुल निर्माण

बागलुङ– पाँच वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन गुमनाम जस्तै थियो ।