इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा बाढी र पहिरोबाट १५ जनाको मृत्यु


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मध्य इन्डोनेसियामा पहिरो र बाढीले दर्जनौँ घर बगाउँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । बाढीले सडकहरू क्षतिग्रस्त भएको देशको विपद् एजेन्सीले जनाएको छ ।

इन्डोनेसियामा वर्षाको मौसममा लामो समयसम्म परेको वर्षाले केही क्षेत्रहरूमा बाढी आएकाले केही ठाउँमा समस्या बढेको छ ।

शुक्रबार दक्षिण सुलावेसीको लुवु रिजेन्सीमा पहिरो गएको इन्डोनेसियाको विपद् न्यूनीकरण एजेन्सी (बिएनपिबी) का प्रवक्ता अब्दुल मुहारीले एक विज्ञप्तिमा बताए।  

दक्षिण सुलावेसी प्रान्तको लुवु रिजेन्सीमा बाढी र पहिरोका कारण १४ जना बासिन्दाको मृत्यु भएको उनले जानकारी दिए। पहिरोले करिब एक सयभन्दा बढी घर गम्भीर क्षतिग्रस्त भएको, ४२ वटा बगाएको तथा चार सडक र एक पुल क्षतिग्रस्त भएको एजेन्सीले जनाएको छ ।

करिब एक सयभन्दा बढी मानिसलाई मस्जिद तथा आफन्तको घरमा सारिएको बताउँदै अधिकारीहरूले एक हजार तीन सयभन्दा बढी परिवार प्रभावित भएको उल्लेख गरे।  

दक्षिण सुलावेसी प्रान्तको अर्को क्षेत्रमा शुक्रबार बाढीमा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको अब्दुलले अर्को विज्ञप्तिमा जनाए।  

मार्चमा सुमात्रा टापुमा आकस्मिक बाढी र पहिरोले कम्तीमा ३० जनाको ज्यान लियो भने अझै धेरै अझै बेपत्ता छन् । डिसेम्बरमा सुमात्राको टोबा ताल नजिकैको पहिरो र बाढीले दर्जनौँ घर बगाएको थियो भने एउटा होटल ध्वस्त हुँदा दुई जनाको मृत्यु भएको थियो ।

विशेषज्ञहरूका अनुसार इन्डोनेसियाले वर्षाको मौसममा प्रतिकूल मौसमी घटनाहरूको शृङ्खलाको सामना गरेको छ । यो जलवायु परिवर्तनले अझै धेरै बढिरहेको छ । 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : १८ बजे

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका

ऋषिपञ्चमीका दिन आँधीखोलामा स्नान गर्दा बगेर महिलाको मृत्यु

वालिङ (स्याङ्जा) – ऋषिपञ्चमीका अवसरमा आँधीखोलामा स्नान गर्ने क्रममा खोलाले

भोटेकोशी बाढी अपडेट: १३ सय ९९ शव भेटिए

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज,

मुस्ताङमा जलवायु सम्मेलन २०८३ सुरु : दुई हजार बढी प्रतिनिधिको सहभागी

मुस्ताङ – मुस्ताङको जोमसोममा मङ्गलबारदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु