माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याक हर्‍याक गर्छन्’ « Khabarhub

माधवलाई ओलीको कटाक्ष- ‘प्रधानमन्त्री हुन हर्‍याक हर्‍याक गर्छन्’


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई  कटाक्ष गरेका छन् । पछिल्लो समय दुई नेताबीच फ्याट्टफुट्ट बोलचाल सुरु भए पनि एक अर्कोको कुरा काट्न दुई नेता पछि हटेका छैनन् । 

एमाले रसुवाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले पनि तपाईँहरूले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पिर छ, पोल्या छ भतभत , कता प्रधानमन्त्री हुन आँटेको हो ? म त कहीँ पनि देख्दिनँ, उनलाई आफैँलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने । अरूले मन पराएका छैनन् भन्ने कस्तो नथापेको ।’ 

उनले यो देश प्रधानमन्त्री हुन मात्रै हो भन्दै प्रश्न समेत गरे । पुन: उनले माधव नेपाललाई  इकिंत गर्दे भने, ‘प्रधानमन्त्री हुन हर्‍याकहर्‍याक दमको बिरामीले जस्तो गर्दछन् । प्रधानमन्त्री- प्रधानमन्त्री भन्छन् । मलाई पनि भनिएको थियो, प्रधानमन्त्रीको समय बाँडिचुँडी खाऔँ भनेर । मैले भनेँ, म प्रधानमन्त्रीको लागि होइन, गठबन्धन ढल्यो, खरानीको डल्लो थियो, फुट्यो । अब सरकार चलाएर देश बनाएर जनताको समस्या समाधान गर्नतिर लाग्नुपर्‍यो ।’

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : २५ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले