व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र « Khabarhub

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९-८० मा आठ सय २५ र चालु आवको वैशाख २१ सम्म ५७ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो । 

निवेदन दिएपछि अपांगता समन्वय समितिको बैठकले शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरेको व्यास महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाकी अधिकृत एवं समितिकी सदस्य सचिव राधा आचार्यले जानकारी दिए । 

अपाङ्गता परिचयपत्र लिएमध्ये ‘क’ वर्गका एक सय ३५ जना छन् । ‘ख’ वर्गका तीन सय ३८, ‘ग’ वर्गका दुई सय २६ र ‘घ’ वर्गका एक सय १६ जना रहेका छन् । त्यसैगरी चालु आर्थिक वर्षमा ५७ जनालाई परिचयपत्र वितरण गरिएको छ । जसमा ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २३, ‘ग’ वर्गका १९ र ‘घ’ वर्गका चार जना रहेका छन् । 

संघीय सरकारले ‘क’ वर्गका अपाङ्गतालाई मासिक रु तीन हजार नौ सय ९०, ‘ख’ वर्गकालाई रु दुई हजार एक सय २८ र ‘ग’ वर्गकालाई रु चार हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ । ‘घ’ वर्गका अपाङ्गता व्यक्तिलाई भत्ताको सुविधा नभए पनि स्वास्थ्य सेवालगायतका सुविधा पाउन सहज हुने व्यासकी उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन्।  

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ५ : ४२ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा