व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र | Khabarhub Khabarhub

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ । आर्थिक वर्ष २०७९-८० मा आठ सय २५ र चालु आवको वैशाख २१ सम्म ५७ जनालाई अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो । 

निवेदन दिएपछि अपांगता समन्वय समितिको बैठकले शारीरिक अवस्था हेरी परिचयपत्र दिने गरेको व्यास महिला बालबालिका, अपाङ्गता तथा ज्येष्ठ नागरिक उपशाखाकी अधिकृत एवं समितिकी सदस्य सचिव राधा आचार्यले जानकारी दिए । 

अपाङ्गता परिचयपत्र लिएमध्ये ‘क’ वर्गका एक सय ३५ जना छन् । ‘ख’ वर्गका तीन सय ३८, ‘ग’ वर्गका दुई सय २६ र ‘घ’ वर्गका एक सय १६ जना रहेका छन् । त्यसैगरी चालु आर्थिक वर्षमा ५७ जनालाई परिचयपत्र वितरण गरिएको छ । जसमा ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २३, ‘ग’ वर्गका १९ र ‘घ’ वर्गका चार जना रहेका छन् । 

संघीय सरकारले ‘क’ वर्गका अपाङ्गतालाई मासिक रु तीन हजार नौ सय ९०, ‘ख’ वर्गकालाई रु दुई हजार एक सय २८ र ‘ग’ वर्गकालाई रु चार हजार सामाजिक सुरक्षाभत्ता प्रदान गर्दै आएको छ । ‘घ’ वर्गका अपाङ्गता व्यक्तिलाई भत्ताको सुविधा नभए पनि स्वास्थ्य सेवालगायतका सुविधा पाउन सहज हुने व्यासकी उपप्रमुख इन्दिरा दरैले जानकारी दिइन्।  

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ५ : ४२ बजे

केही भूभागमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले

अमेरिकी डलर घट्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

आजदेखि एसईई : पाँच लाख विद्यार्थी सहभागी हुँदै

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल चैत ७ गते बिहीबार चैत