दूध बिक्रीबाट मनग्य आम्दानी « Khabarhub

दूध बिक्रीबाट मनग्य आम्दानी


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बसे। विदेशमा उनले होटलमा काम गर्थे। उनी एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन । अन्ततः उनले २०७० सालदेखि व्यावसायिक गाईपालन सुरु गरे। 

सिद्धबाबा गौशला तथा कृषि फर्ममा १० गाईबाट व्यवसाय सुरु गरेका पाण्डेको गोठमा अहिले १५ माऊ गाई छन् । त्यसबाहेक साना बाच्छीहरु पनि छन् । गाईबाट पाण्डेले दैनिक न्यूनतम ८० लिटर दूध उत्पादन गर्नुहुन्छ । प्रतिलिटर रु ७५ मा तम्घासमा उक्त दूध बिक्री गर्छन् । 

‘दैनिक ६ हजारको दूध बिक्री हुन्छ । मासिक रु एक लाख ८० हजार वार्षिक रु २१ लाख ६० हजारभन्दा बढी आम्दानी हुन्छ,’ पाण्डेले भने, ‘दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि पनि मिलेको छ ।’ विदेशको काममा स्वतन्त्रता नहुने भन्दै उनले विदेशको काम र स्वदेशको कर्ममा तुलना गर्न नसकिने बताए । पाण्डेसँग अहिले जर्सी, होलिस्टाइनलगायत जातका गाई छन् । ‘बिहान साढे ४ बजे उठेर गाईको स्याहारसुसारमा लाग्छु,’ उनले भने, ‘एकचित्त भएर काममा लागे सफल भइन्छ ।’

धुर्कोट गाउँपालिका–६ का मेघनाथ अर्यालले कोभिड–१९ भन्दा अगाडि बुटबलमा व्यवसाय गर्थे। विसं २०७७ मा कोरोनाले उहाँलाई घर फर्कायो । बच्चाबच्चीको पढाइ पनि बन्द भयो । कोभिडले केही समय बुटबल फर्किने स्थिति भएन । केही समयका लागि गाउँ आएका अर्याल पुनः बुटबल नफर्किने गरी भैँसी व्यवसायमा लागे। २०७७ सालबाटै ‘अर्याल पशुपक्षी फर्म’ बाट भैँसीपालन व्यवसायमा लागेका अर्यालको गोठमा अहिले २२ वटा माऊ भैँसी छन् । त्योबाहेक साना पाडापाडी गरेर ३० वटाभन्दा धेरै छन् । 

‘प्रतिलिटर सय रुपैयाँमा दैनिक ८० लिटर दूध घरबाटै बिक्री भइरहेको छ,’ अर्यालले भने, ‘गाउँका १० जनालाई रोजगार पनि दिएको छु ।’ उनले एउटा याममा एक सय ५० लिटरसम्म दूध बिक्री गरेको बताए ।  व्यवसाय सुरु गर्दाको वर्ष बाहिरी वातावरण नबुझेर घाटामा गए पनि अहिले फर्मको स्थिति सुधारजनक रहेकाले भैँसीपालन व्यवसायमा सन्तुष्टि मिलेको छ । 

अर्यालले गत वर्ष भेटेरिनरी कार्यालयले रु पाँच लाखको कार्यक्रम दिएर सहयोग गरेको बताए । सुरुमा गाउँमै भैँसीपालन व्यवसाय गर्छुभन्दा नपत्याउने गाउँलेहरु अहिले आफ्नो कर्म देखेर दङ्ग परेका अर्यालको भनाइ छ । 

अर्यालले भैँसीपालन व्यवसायका साथसाथै व्यावसायिक मकै र धानखेती पनि गर्नुभएको छ यसका लागि मालिका गाउँपालिका–६ मा वार्षिक रु १८ लाख तिर्नेगरी जग्गा भाडामा लिएका छन्  । तर गाउँमा कामदार नपाइने समस्या भएको अर्याल बताउँछन् । 

पाण्डे र अर्याल मात्र होइन, धुर्कोट गाउँपालिका–५ वस्तुका रवीन्द्र घिमिरे पनि दूध उत्पादनमै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म उनको समय गाई-भैँसीको स्याहार, दूध दुहुने, व्याकेटिङ गर्ने र बजार पठाउनेमा बित्छ । ‘अहिलेसम्म रु एक करोड छ लाख लगानी लगाएको छु, यसबाट ३० गाई-भैँसी अट्ने गोठ बनाएको छु । ३० गाई-भैँसी पनि किनेको छु,’ घिमिरेले भने, ‘भैँसीपालन व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छ ।’

घिमिरेले दैनिक ७० भन्दा बढी लिटर दूध बिक्री गरिरहेको बताए। उनले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर गरेका हुन् । सानैदेखि आफू पनि स्वरोजगार बन्ने र अरूलाई पनि स्वरोजगार बनाउने आफ्नो लक्ष्य भएको घिमिरे बताए । कोरोना महामारीपछि गाउँ आएर व्यवसाय सुरु गर्दा घरमा र गाउँमा कसैले नपत्याएको उनी बताउँछन् । 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ६ : ०५ बजे

प्रदेशको सत्ताका लागि एमालेमा किचलो : शेरधन, हिक्मत र घनश्यामलाई गुन्डुले बोलायो

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको सरकारलाई

अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्न आवश्यक : कानुनमन्त्री

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान

एलपी ग्यास सिलिन्डर म्यापिङ गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए

विराटनगर– मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो

प्रतिनिधिसभा आकस्मिक समय : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी