माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु « Khabarhub

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ ।

घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ९ : ११ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ