एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला | Khabarhub Khabarhub

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस बाँके क्षेत्र नं १ द्वारा आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टी सृदृढीकरणका लागि एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

उपनिर्वाचनको चुनावमा भएको पराजयले कांग्रेसलाई थप बलियो बनाउन सहयोग गरेको उनको भनाइ छ । नेता कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरु एक हुनुपर्नेमा जोड दिँदै टिकट जसले पाए पनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताए ।

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तरहितका लागि कांग्रेसको आवश्यकता औँल्याए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कांग्रेसलाई बलियो बनाउन सङ्गठनका गतिविधिलाई चलायमान बनाउनुपर्ने भन्दै भातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दुःख व्यक्त गरे ।

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराब व्यक्तिलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ९ : २० बजे

अविरल वर्षाले रसुवागढी सडक अवरुद्ध

काठमाडौं – गएराति देखिको अविरल वर्षाले रसुवागढी पुग्ने सडक अवरुद्ध

सुनकोशी मरिन डाइभर्सनको काम सुस्त (तस्बिरहरू)

काठमाडौं– मध्य तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब

ट्रम्पका लागि समस्या बन्दै गाजा र युक्रेन

निजी ल फर्मलाई आफू अनुकूल चल्न बाध्य पार्नु, आप्रवासीमाथि कठोर

आठ करोड ३२ लाखमा इलाका प्रशासन भवन निर्माण

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा आठ करोड ३२ लाख लागतमा

बाढीले टिमुरे भन्सारमा क्षति : धर्मकाटा बगायो

काठमाडौं – चीनमा भारी वर्षापछि ल्हेन्दे खोलामा आएको बाढीले रसुवाका