‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’ « Khabarhub

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध शिक्षाबाट संसारमा देखिएका समस्याको समाधान खोज्न सकिने बताएका छन् । विश्वमा देखिएका प्राकृतिक असन्तुलन, बैमनस्यता र आपसीबेमेल अन्त्यका लागि बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउनेगरी प्रवर्द्धन गर्नुपर्नेमा समेत उनीहरूको जोड छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा सुरूभएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा बोल्ने विभिन्न देशका भिक्षु तथा विज्ञहरूले बौद्ध शिक्षाबाटै अहिलेका विश्वव्यापी समस्याहरूको समाधान खोजिनुपर्नेमा जोड दिए ।

दुईदिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ गाङग्ले विश्वमा बुद्धको शिक्षालाई आत्मसात् गर्नसके जस्तोसुकै कठिनाइ पार गर्न सकिने धारणा राखे । थाइल्याण्डका प्राडा भिक्षु सुगन्ध (अनिल शाक्य)ले व्यक्तिको जीवनलाई सकारात्मक दिशातर्फ लैजान बुद्धको शिक्षा अनिवार्य रहेको बताए । उनले विश्वमा मैत्री, करुणा र शान्ति कायम गर्न बुद्धको शिक्षा महत्वपूर्ण हुने बताउँदै यस्ता गोष्ठीले त्यसमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले बौद्ध शिक्षालाई व्यवहारिक रूपमा उपयोग हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए । विश्वमा रहेका झण्डै एक अर्ब बौद्ध अनुयायीलाई जोड्दै बौद्ध शिक्षाको प्रवर्द्धन गर्दा शान्ति र बन्धुत्वको विकास बढ्दैजाने समेत बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षाको प्रचार प्रसारमा अन्तरदृष्टि र दृष्टिकोण साझा गर्न, शैक्षिक र सांस्कृतिक मूल्य मान्यता आदानप्रदानगर्न र बौद्ध मूल्यहरूको विश्वव्यापी प्रवर्द्धनमा योगदान पुर्याउन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए । बौद्धिक विकासमात्र नभई व्यक्तिमा आवश्यक जीवनोपयोगी सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताए ।

बौद्ध अध्ययन सङ्कायका डीन डा माणिकरत्न शाक्यले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षालाई व्यवहारिक जीवनमा प्रयोग गर्न आवश्यक रहेको बताए । कार्यक्रममा मास्टर इनसुनको प्रतिनिधिका रूपमा चाइनिज भन्ते दावजिन, जापानका कोहजी ओहकुरा, म्यानमारका भिक्षु शोभित, मङ्गोलियका सेन नेगुई, नेपालका खाङसोर रिम्पोछेलगायतले शुभकामना दिँदै बौद्ध शिक्षा जीवनका लागि नभई नहुने व्यवहारिक ज्ञान भएकाले यसको पालना गर्न सबैलाई आग्रह गरे ।

गोष्ठीको पहिलो दिन कार्यपत्र प्रस्तुत गर्दै स्टोनियाका डा शोभित शाक्य, बङ्गलादेशका प्राडा बिजोय बरुवा, म्यानमारका भिक्षु विनय नन्दले बौद्ध शिक्षा र सुशासनलाइ कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरे । श्रीलंकाका डा सचिनी हन्सिका, संसारकै सुखी व्यक्ति फ्रान्सका म्याथु रिकार्डले सुख, शान्ति र अहिंसाका लागि बुद्धको शिक्षा र उपदेशलाई जीवनमा कार्यान्वयन गर्नु जरुरी रहेकामा जोड दिए ।

भारतका प्रा डा उदय कुमार, म्यानमारका प्रा डा सटट सान्दार, ताइवानका प्रा डा कृष्टि चाङ, म्यानमारका भिक्षु बुद्धघोष, पोर्चुगलका डा सोनिया गोम्सलगायतले बुद्ध शिक्षाले नैतिकरूपमा उत्तरदायी बनाउने भएकाले यसलाई अँगाल्न आवश्यक रहेको बताए ।

गोष्ठीमा साहित्यकार सोनु गुरुङ, मोहनसिंह गुरुङ, भिक्षु क्याल्सनलगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए । गोष्ठीमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनिया, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, श्रीलङ्का, पोर्चुगल, नर्वेलगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूको सहभागिता छ ।

गोष्ठीमा आइतबार बौद्ध दर्शन र योगका विषयमा छलफल हुने छ । जसमा आचार्य बालकृष्ण, डा चिन्तामणि योगी, भानु शर्मा, प्रा डा विशाल सिटौला, प्रा डा क्षितिज बराकोटी र डा विकासानन्दले बौद्ध दर्शन र योगका विषयमा कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमाथि छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : ११ बजे

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको

युद्धविरामअघि ओडिसामा घातक हमला

किएभ– अर्थोडक्स इस्टरको अवसरमा घोषणा गरिएको अस्थायी युद्धविराम लागू हुन

संसद्‌मा प्रधानमन्त्री मौन रहनु स्वेच्छाचारी शासनको संकेत : महासचिव पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह जनताप्रति

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः