सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार « Khabarhub

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट आज दुई जनाको उद्दार गरिएको छ ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया ईश्वरी कार्की र स्वामी कार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

१० दिनकी सुत्केरी कार्कीलाई उच्च ब्लड प्रेसरका कारण थप उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरिएको डा प्रतीक न्यौपानेले जानकारी दिए ।

उनका अनुसार कार्कीको ब्लड प्रेसर नघटेको र दैनिक रुपमा बढ्न थालेपछि कोल्टीमा उपचार सम्भव नभएपछि रिफर गरिएको छ ।

त्यसैगरी गर्भवती महतराको पहिलो सन्तान अप्रेशन गरि जन्माएको र दोस्रो सन्तानसमेत अप्रेशन गर्नुपर्ने भएकाले जटिल प्रकृतिको समस्या भएकाले रिफर गरिएको डा न्यौपानेले बताए ।

सुत्केरी र गर्भवतीको अवस्था जटिल भएका कारण कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट पत्र आएपछि महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत नेपाली सेनाको हेलिकप्टरमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

दुबै जनालाई कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा लगिएको छ । जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम लागू भएदेखि हालम्म जिल्लामा ३० जनाभन्दा बढी महिलाको हेलिकप्टरमार्फत उद्दार भइसकेको पौडेलले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ११ : ०१ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा